डिजाइनदेखि निर्माणसम्म नेपालीकै
मोदी-१ मा डिजाइन, पुँजी, परामर्शदाता र ठेकेदार सबै नेपाली छन् । स्वदेशी भनिएका चिलिमे र अन्य साना आयोजनामा समेत विदेशी ठेकेदार थिए । एक अर्ब ६४ करोड लागत रहेको यो आयोजनामा ७५ प्रतिशत ऋण स्वदेशका आठ बैंकले गरेका छन् । प्रमुख कार्यकारी अधिकृत महेन्द्रबहादुर कार्कीका अनुसार २२ महिनाभित्र निर्माण पूरा हुनेछ । निर्माण थालनीसँगै आवश्यक पर्ने इन्धन, सिमेन्ट, डन्डी, बालुवा र गिटीलगायत साइटमा काम गर्ने मजदुरहरूको खानेकुरासमेत भण्डारण गरी बन्द/हडताल हुँदा एक दिन पनि आयोजनाको काम नरोकिने तयारी गरिएको उनले बताए ।
निर्धारित समयमा आयोजना नसकिँदा लागत बढ्न गई महँगो हुने गर्छ । मध्यमस्र्याङ्दी -७० मेगावाट) निर्धारित समयभन्दा झन्डै चार वर्ष ढिला भएको थियो । चिलिमेसमेत दुई वर्ष ढिला भएको थियो ।
आयोजनाले हालै सिटिजन्स बैंक इन्टरनेसनलको अगुवाइमा लगानीसम्बन्धी सम्झौता गरेको कार्कीले जानकारी दिए । यसमा ग्लोबल, किस्ट, क्लिन इनर्जी डेभलपमेन्ट, नेपाल डेभलपमेन्ट एन्ड इम्प्लोइमेन्ट बैंक, नेपाल क्रेडिट एन्ड कमर्स, भिबोर विकास बैंक र नेपाल सेयर मार्केट्सको लगानी छ ।
इलेक्ट्रो मेकानिकलबाहेक नेपाललाई चाहिने बिजुली नेपालीले नै बनाउन सक्छ भन्ने उदाहरण तल्लो मोदी-१ मा भएको साना जलविद्युत विकास संघका अध्यक्ष हरिबैरागी दाहालले बताए । 'यस्ता सयवटा आयोजना नेपाली पर्खिरहेका छन्', उनले भने ।
वाषिर्क ६१ लाख युनिट बिजुली उत्पादन हुने यस आयोजनाको सम्पूर्ण डिजाइन स्वदेशका इन्जिनियरहरूले गरेका हुन् । निर्माणको सुपरिवेक्षण पनि स्वदेशी प्राविधिकबाटै हुने कार्कीले बताए ।
No comments:
Post a Comment