खोटाङ, भदौ १६ - खोटाङको जलेश्वरी गाविस वडा नं २ मा पहिरोमा पुरिएर १४ जना वेपत्ता भएका छन् ।
जलेश्वरी-२ का स्थानीय रणध्वज कार्की र पूर्णबहादुर कार्कीको सवै परीवार गएराति खसेको पहिरोमा वेपत्ता भएका हुन् ।
रणध्वजको घरमा आएका एक जना पाहुना सहित ८ र पूर्णको ६ जना परिवार वेपत्ता भएको इलाका प्रहरी कार्यालय ऐशुलखर्कले जनाएको छ ।
नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी सहित स्थानीयले वेपत्ताको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
No comments:
Post a Comment