एकीकृत नेकपा माओवादी खोटाङले किरात गणराज्य घोषणा गरेरै छाड्ने


खोटाङ
कार्तिक-२१, एकीकृत नेकपा माओवादी खोटाङले किरात गणराज्य घोषणा गर्ने कार्यक्रम फिर्ता नलिने भएको छ । माओवादी केन्द्रीय कमिटिले गणराज्य घोषणा गर्ने कार्यक्रम फिर्ता लिए पनि नेकपा माओवादी खोटाङले फिर्ता नलिने जिल्ला इन्चार्ज धिरेनले बताउनु भयो । केहीवेर अघि भएको टेलिफोन सर्म्पर्कमा इन्चार्ज धिरेनले पर्सि कार्तिक २३ गते खोटाङ, भोजपुर, उदयपुर, ओखलढुङगा, सोलुखुम्बु र संखुवासभा जिल्लालाई समेटेर किरात स्वायत्त गणराज्य घोषणा गर्ने तयारी भएको जानकारी दिनु भयो । खोटाङलाई किरात गणराज्यको राजधानीको रुपमा चिनाउन गणराज्य घोषणा गर्ने कार्यक्रम फिर्ता नलिएको उहा“ले बताउनु भयो । माओवादीले महासचिव रामबहादुर थापा वादल, पोलिटव्युरो सदस्य गोपाल किराती, पुर्व राज्य मन्त्री पदम र्राई, केन्द्रीय समिति सदस्य पेशल खतिवडा, किरात राज्यका सभाषदलगातको उपस्थितिमा किरात गणराज्य घोषणा गर्ने तयारी गरेको छ । माओवादीले किरात स्वायत्त गणराज्य घोषणा गर्ने तयारी पूरा भएको जनाएको छ ।


No comments: