BOSS in Nepal those guys:-

काठमाडौं उपत्यकामा १३ वटा गुन्डागर्दी समूह छन् जसमा दुई सय २० जना सक्रिय छन् । गुन्डागर्दी गर्ने समूह, सदस्य र तिनको काम अनुसन्धान गरेर प्रहरीले तयार पारेको प्रतिवेदन।
महानगरीय प्रहरी अपराध महाशाखाको पिलर ४ ले तयार पारेको पछिल्लो गोप्य प्रतिवेदनमा उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा १३ समूह सक्रिय छन् । महाशाखाले यी समूह निस्तेज पार्न 'गुन्डा निर्मूल अप्रेसन' सुरु गरेको छ । महाशाखाको प्रतिवेदनमा दीपक मनांगे, काभ्रेली, चक्रे मिलन, बाघे, चरी, कुमार घैँटे, रिंकी-पिंकी, विश्वक्रान्ति समूह, भक्तपुर समूह, गोर्खाली समूह, ललितपुर समूह, बौद्ध समूह र जसवन्त समूह उपत्यकामा संगठित अपराध र गुन्डागर्दीमा सक्रिय रहेको उल्लेख छ ।
प्रहरीका अनुसार संगठित समूह जग्गा प्लटिङ, मेनपावर, व्यापारी कम्प्लेक्स, ठेक्कापट्टा, बालुवाखानी, रेस्टुरेन्ट र रक्तचन्दन तस्करीबाट धाकधम्की देखाएर रकम असुलीमा सक्रिय छन् । 'प्रमुख नाइकेले आफ्ना समूहका सदस्यलाई परिचालन गर्न लगाई उपरोक्त कार्यहरू गर्न लगाउने गरेका छन्,' प्रतिवेदनमा भनिएको छ, 'संगठित अपराधमा सक्रिय समूहले 'विभिन्न कामबाट कमाएको रकम क्यासिनो र रेस्टुरेन्टमा खर्च गर्ने गरेका भए पनि हाल आएर जग्गा प्लानिङ, हाउजिङ र रेस्टुरेन्टमा लगानी गर्ने गरेका छन् ।'
प्रतिवेदनअनुसार १३ समूहमध्ये सबैभन्दा ठूलो समूह चक्रेमिलन हो । सो समूहमा ६३ सदस्य छन् । प्रतिवेदनमा चक्रे समूह चक्रपथ क्षेत्र रहेको उल्लेख छ । चक्रे समूहको प्रतिस्पर्धी मानिने दीपक मनांगे समूहमा सक्रिय नौजनाको नाम प्रतिवेदनमा उल्लेख छ । सो समूहले ठमेलमा आइसबार, बियरबार, सिन्सियरबार सञ्चालन गरिरहेको छ ।
दोस्रोमा गणेश लामा समूह रहेको छ जसमा १८ जना सदस्य रहेको महाशाखाको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै काभ्रेली समूहलाई मनांगेबाट विभाजित समूह रहेको प्रतिवेदनमा उल्लेख छ । सो समूह ठमेल र बानेश्वर क्षेत्रमा क्रियाशील रहेको र सो समूह तीनकुनेमा रहेको सिरुवा निर्माण कम्पनी, ठमेलको मेट्रो फाइनान्स, एस मूर्ति कन्ट्रक्सन, क्रिस्टल बियरबार, रेड फायर सो गर्ल र निरमाया दोहोरीसाँझमा संलग्न रहेको प्रहरी प्रतिवेदनमा उल्लेख छ ।

No comments: