मैले यो फोटो खिच्न २ $ दिएर खिचेको हो हा .हा। हा।
यो हेर्दा कुनै मूर्ती जस्तो देखिने तस्बीर मूर्ती नभएर एक भेषमा सबै त़िर रंग पोतेर बसेकी केटी हो । यो उस्को आम्दानिको बाटो पनि हो र यहाँ आउने पर्यटकलाइ रमाइलो बनाउने आधार पनि हो । उस्ले समरको बेलामा मात्र यो काम गर्दो रहेछ , यसपालीको समरको उस्को रंग यसरी बदल्दै छ केही महिना अगाडी यो कालो खैरोमा थियो तर आज बाट उस्ले सेतो बदलेछ म यो देखेर छक्क पर्छु की मान्छेको गरी खाने भाड़ो अनेक थरीको हुदो रहेछ । हाम्रो नेपालमा जोगी बनेर यसरी मुखको खरानी दलेर बदल्थियो तर यो केटी त उसको पूरा शरिरीर नी बदलेर न माग्नु छ न बोल्नु छ उनी त्यतिकै यो टनटालापुर घाममा दिन भरी उभिएर उस्को कमाई हुन्दो रहेछ दिनको यो बाटो मा हिड्ने मान्छेले १,२ $ दिएको जम्मा गर्दा उस्को नहुदा पनि ६,७ सय $ भन्दा बढ़ी हुने मैले अनुमान गरेको छू उस्को खुट्टा निरको पैसा राख्ने भाड़ो हो । र उस्ले यो काम गरे बापत सरकारलाई पनि कर बुझाउनु पर्दों रहेछ र यो गर्नुलाई प्रमाण पत्र समेत हुनु पर्ने रहेछ । उस्ले दिनभरि जसरी मूर्ति खडा बनाएर राखिएको हुन्छ त्यसरी नी उनी मूर्ति हो की मान्छे हो भनेर चिन्न गह्रों हुने गरी बसेको छ अति कठिनाई पुर्बक अअचल भएर उभिएको हुन्छ मानिशलाई आकर्षक बनाउन , मैले त उस्को आखाबाट मान्छे हो भनेर पहिलो पटक चिनेको हिड्ने सडकमा यसरी को बस्छ त नचली कन भनेर कस्लाई थाहा हुन्छ सबै नी झुकीन सक्छ पहिलो पटक त ,,,,,
केवल उस्को आखा चाही हामीलाई हेरी रहदो रहेछ किन की को-कस्ले पैसा दिदैछ भनेर ..........
{यो चाही आजको उस्को ढाचा हो }
No comments:
Post a Comment