आउ नयाँ बर्ष आउ नयाँ पालुवा बोकर आऊ !
छाऊ जता ततै जती सक्छौ, त्यहा नेपालीको मन-मस्तिकमा जाऊ !!
हरेक बर्ष तिमीलाई स्वागत छ, नयाँ बर्षमा नयाँ नयाँ उमंग ल्याऊ !
फुल्ने छ फल्ने छ, आउदा दिनहरु रमाउनेछन नेपालीको ह्रदयहरु !!
फुलको बासना झै छरी देऊ सबै तिर हाम्रो नयाँ बर्ष !
गरीब दुखीको पनी घर दलानमा,पुगी देऊ हे तिमी नयाँ बर्ष !!
भोक प्यास कस्ट दुखलाइ साथ देऊ नयाँ बर्ष !
लड़ाई-झगडा,मृतु काट-मारलाइ बिनाश गरी देऊ नयाँ बर्ष !!
कु-धर्म,कु-कर्म पापी मनहरुलाई हटाई देऊ नयाँ बर्ष !
जोस जागर उमंग बिकास मायाहरुलाइ आँखा खोली देऊ नयाँ बर्ष !!
धनी गरीब दुःख सुख सबैमा पुगी देऊ नयाँ बर्ष !
नान्गो,भोको पीर,मार्का दुखिलाई मलम लगाई देऊ नयाँ बर्ष !!
संपूर्ण नेपाली दाजू-भाई तथा दीदी बहिनीहरुमा देश अथवा बिदेशमा रहनु भएको सबै जनालाई साथै मेरो आफन्तजनहरुमा नयाँ बर्ष २०६९ सालको उपल्छ्यमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु, मेरो ब्याक्तिगत तर्फबाट र सप्तकोशी बल्गको एडमिन को तर्फबाट !
दिल राई
खोटांग बतासे -४ खिसाखा
हाल - प्रदेश

No comments:
Post a Comment