अमेरिकाको मासशुसेट राज्यको केप कडमा बस्ने (केप एण्ड आएरल्याण्ड नेप्लीज कम्युनिटीज) द्दुरा त्यहि समाजमा बस्ने सोनाम थापा मगरलाई आर्थिक सहयोग गरेको छ । सोनाम थापा मगर आज भन्दा ३, ४ महिना ( ब्रेन सम्बन्धि ) जस्ता रोग बाट ग्रसित हुनु भएको थियो तर उहाँले जुन रोगलाई सफल्ताको साथ अस्पतालको बेडमा अघोर रात र दिन अनि समयको प्रत्येक सेकेन्ड -सेकेन्डलाई पार गर्दै अहिले जुन रोगलाई परक्रस्ट गर्नु भयो। तर अझ पनि केहि शारिरको मांशापेसीहरुले पहिलेको स्थान सम्म काम गर्नको लागी केहि समय लाग्छ भनेर डक्टरले भनिएको छ । र अहिले सोनाम थापा काम गर्न असक्त हुनु भएको छ, जुन उहाँको निम्ती भनेर हामीले गएको दशैँको सानो प्रोग्रामबाट संकलन गर्न थालिएको थियो जुन बेला देखि अहिले सम्म संकलन भएको जम्मा US $ 4226.00 हो र यो हामी बाट हस्त्रन्तरण भइसकेको छ भनेर आवगत गराउद छु।




No comments:
Post a Comment