निगमले दुइ एयरवस विमान किंने

योगेश खतिवडा
यो निर्णयसंगै अव पहिलोपटक एयरवस नेपालको ध्वाजावाहक विमान हुने भएको छ । यसैगरी दुइ ठूला विमानका भरमा संचलित निगममा २१ वर्षपछि नयाँ जाहाज थपिने भएको छ । खरिद गरिने दुई विमानमा ठुलो 'वाइड बडी' लाई ६ अर्ब ९६ करोड ३३ लाख ७५ हजार रुपैया -९ करोड २८ लाख ४५ हजार अमेरीकी डलर) र सानो 'न्यारो बडी' लाई ३ अर्व ९ करोड ६६ लाख ७५ हजार रुपैया -४ करोड १२ लाख ८९ हजार डलर) तिर्नु पर्नेछ । गत चैत २५ मा निगमले खरिदका लागि प्रस्ताव पेश गर्न माग गरेकोमा अमेरीकी कम्पनी बोइङ र युरोपेलि कम्पनी एयरबसले प्रस्ताव पेश गरेका थिए । त्यसमा एयरवसको प्रस्ताव फाइदाजनक भएकाले छनोट गरिएको संचालक समितिले जनाएको छ । 'वित्तिय एवं अन्य पक्षबाट प्रस्तावको मुल्याङकन गर्दा एयरवसको प्रस्ताव फाइदाजनक देखिएकाले यसलाई छनोट गरिएको हो,' निगमले भनेको छ, 'छनोट गरिएका विमानमा 'न्यारो बडी' मा ए ३२०-२०० र वाइड बडीमा ए ३३०-२०० सिरिजका छन् ।' न्यारो बडीमा १ सय ५० र वाइड बडीको विमानमा २ सय ७९ सिट क्षमता रहनेछ । निगमको खरिद प्रस्तावपनि एयरवसलाई मिल्ने खालको भएको आरोप लाग्दै आएको वेला एयरवस नै किन्न लागिएको हो । लेखा समितिको बैठकले समेत निगमलाई यसअघि खरिद टेण्डर तयार पार्दाको पुर्ण विवरण बुझाउन सम्बन्धित मन्त्रालय र निगमलाई निर्देशन दिएको थियो । वोईङका विमान संचालन गरिरहेको निगमले अर्को कम्पनीको विमान किन्दा निर्माण सामाग्रीका साथै काम गर्ने एयर बस सम्बन्धि जानकार कर्मचारी थप्नु पर्ने भएकाले समस्या र खर्च बढ्ने विज्ञहरु बताउछन् । संचयकोषबाट ऋण लिएर विमान खरिद गर्ने लागिएको हो । तर अहिले निगममा आएको नेतृत्व विवादले कामकारवाहीमा पटकपटक समस्या आउने गरेको छ

No comments: