Showing posts with label saptakoshi. Show all posts
Showing posts with label saptakoshi. Show all posts

संसार नी त्यही छ

हेर्न पनि कति रमाइलो अनी यो  संसार कति बिचित्र छ , यो धरतीमा कति प्राणी छ अनी के कसरी जीबन चलाएको छ झलक हेर्दा  संसार नी त्यही छ ,
अनी मेरो घर गाऊ नक्साबाट हेर्दा यसरी देखिन्छ यहाँ क्लिकगर्नुस
Read more!

अमेरिकाको जन्म दिन आज

जुलाई ४ को दिन अमेरिकाको जन्म भएको दिन भनेर उनीहरूले यो जुलाई ४ लाइ भिबिन्न तरिकाले रमाई रमाई आजको दिन लाइ खुसी उमंगको साथ रमाइलो गर्छन । कोही नाचे कोही गीत गाय कोही पटका पढ्काए तलको भिडियो हेर्नुस
Read more!
प्रोभिंस टाउनको साईंकल यात्रा :-
Read more!
यो केप कोडको कुनै ठाऊहरु मेरो छुट्टीको दिन ।
Read more!
गत  बर्ष यस बर्षको हिउको  तुलना  तलको भिडियोलाइ क्लिक गर्नुस 

यो बर्ष                                                                                                    गत बर्ष                 
Read more!

थाहा छैना जून खेलको नाम ? तर मेरो डेरा जाने बस भाडा समेत सके

दिल राइ 

      हामीले दुःख गरे अनुसार सुख पाए त राम्रो नी हुने थियो होला  
तर  दुःख गरे पनि दुःख माथि झंन दुःख  हुनाले हामीले आफ्नो जन्म दिने बाबा आमा अनी घर परिवार छोडेर परदेश लाग्नु पर्ने हुन्छ.

  यो नी  छ  जिंदगी  म पनि यस्तै अबस्था लिएर ग़ाऊ बाट राजधानी  छिरे साथमा नेपाली पासपोर्ट लियर   र काठमांडूमा  फुफुको डेरामा बस्न  थाले जब कि म बिदेश नगईजाल सम्म त्यही बिदेश जाने क्रममा  मैले एउटा एजेंटलाइ  पनि भेटे र उसले   मलाई मलेसियाको एक  गारमेंट कम्पनीको लागी काम म लगायत निकै जनालाइ  पठाउने भयो र हाम्रो पासपोर्ट  धितो पैसा पनि १५०० हजार सहित  लियो  र  जून मान्छेले  नाम  {गोप्पे} पुतली सड़कको नवदुर्गा पोली क्लिनिक मा सबै काम अनी मेडिकल गर्ने ठाऊ बनाएको रहेछ ,     म पनि अरुहरु  साथीहरु झै  उस्लाई कहिले बिदेश लागिने हो भनेर  भेट्न दिन दिनै  आउन थाले {जरिबूटी }  बाट    आज  भन्यो   भोली भन्यो सधै बसमा आउन  जान  गर्दा मैले   ग़ाऊबाट बोकेर आएको पैसा बस भाड़ा तिर्दै  अनी साधारण नास्ता  खादा नी  सके  तर जून मान्छेले हामीलाई मलेसिया पठाउने कुनै छाटकाट  नभए पछि म फेरी घर जाने निधो गरे जून बेला सम्म म संग १३०० सय रुपैया मात्र  बाकि थियो

अब घर जाने निधो गरेर   म पुतलीसड़क त़िर लागे    र   उसलाई त्यही मेडिकलमा  भेट्दै केही घरमा भाई बहिनिलाई अनी बाबा आमालाइ सस्तो सस्तो कपड़ा किनेर लाने बिचार गरेर म पुतलीसड़कबाट    भृकुटीमंडपको बजारमा  जाने सुर कसेर पुरानो बस पार्क हुदै आए,   अनी म जून मार्केट भित्र जादा त जून दिन  जून मार्केटको संगठनको कुनै पदाकारीको मृतु भएको ले बन्द  गरेको रहेछ    जून बेला सुनसान थियो मान्छे हुदा पो  बत्ती अनी हल्ला रमाइलो हुदो  रहेछ कोही नभएको बेला हो भने त त्यहा त दिउसै मसान आउला जस्तो हुदो रहेछ    जहा फाट्टा  फुट्टा  मान्छे अनी कुनै ठाउमा चाही ६,७ जना युवाहरु हल्ला गर्दै थियो , अनी मलाई पनि तिनीहरु भएको ठाउ तीर  जान मन लाग्यो  र म  जून सुनसान कालो कालो ठुलो ओढार जस्तो  तिर लम्के   र म जहा पुग्दा त त्यहा सबै जनाको   हातको औलाको चिप भरी १०० ,५०, ५००, पैसाको नोट थियो र  एक जनाले चाही  हातमा   ३ ओटा ठुलो पैसाको या नी को { कयन }  जस्तो सेतो गोलों च्याप्टो एक प्रकारको क्यारिम बोर्ड को STAIGAR  जस्तो  थियो    र एक गोटीमा चाही कुनै एक किसिमको चिन्ह थियो  र उसले ती तिन ओटा पैसा जस्तो उसैको हातमा नचाइ एता को उता उता को एता बनाएर भुइमा रुमालमा  ती तिनै ओटा राख्थियो र  अरु मान्छे ले पैसा राख्थियो   जून गोटीमा चिन्ह छ र  पैसा राख्यो भने  आफुले जती राखेको छ उसले त्याती नि दिन्थियो , यसो  मैले पनि बिचार गरेर निकै  बेर  हरे सजिलो अनी पत्ता लगाने रहेछ   भनरे  पैसा पो पाइन्छ भनेर खेल्ने सुर कसे       म पनि  यदि  पैसा   मारे भने त घर जादा  निकै कपड़ा को किन्छु भनेर  जोसले  उसले नचायको गोटी हेर्दै पैसा राखन थाले  सुरुमा त ५  , १० रुपैया थापे र  मैले  थापेकोमा   पैसा पनि पाए त्यस्तै  मैले एक सय के पाएको थिए त्यस पछि त जुनै  थापे पनि पर्न छड्यो झन झन मेरो खल्तिको कपड़ा किन्ने पैसा सकिन लागेछ  अब  चाही मा पनि जुक्ति लगाउनु  पर्छ  भनेर मैले ती तिनै ओटा गोटीमा   राखे  भने त  एकमा त पर्छ भनेर  की  उसले मलाई   ठगी रहेको छ भनेर  मैले चेक गर्न मन लाग्यो र मैले तिनै ओटा गोटिमा पैसा राखे खोल्दा  त कुनैमा पनि जून चिन्ह भएको गोटी नी थिएन जून खेलाउने मान्छे कसरी त्यस्तो बनायो  भनेर  बिचार गरे मेरो भएको पैसा त सबै सके अनी अरुहरु पनि खेल्दै थियो  तर उनीहरुको   पालामा त परेको नी हुन्थियो  कसरी यस्तो भयो भनेर म  पनि अझ  पैसा भए जस्तै गरेर   त्यही बसी राखे उनीहरुले खेलेको  हेरी राखे  तर  कुरा यस्तो रहेछ जून ती ३ ओटा गोटी नचाउने  मान्छे हातमा त गोटी ३ ओटा नभई ४ ओटा पो  रहेछ  आखा छलेर जून हिन्ह भएको गोटी त  भुइमा नी राख्दैन  रहेछ कसरी अनी मैले पैसा मार्नु उल्टो मेरो १३०० सय रुपैया सके  र  यो कुरा थाहा भए पछि किन यसरी मेरो पैसा लगेऊ भनेर रिसले गाली गर्न र  पैसा फिर्ता लीन कोशीस  गरे  अनी अरुहरु म जस्तै खेल्न साथिहरुको सहयोग  माग्न र  साथी  हो   यसरी पैसा लानु दिनु हुन्न भनेर भन्दा त ,,   उनीहरु  पनि उल्टाइ   हास्न पो  थाले त्यसैले  नखेल्नु यो खेल  खेल्यो भने यस्तै हुन्छ हाम्रो खेल नै यस्तै हो  भन्दै मलाई नी पो धम्की दिन थाल्यो  त्यति बेला मलाई बल्ला थाहा भयो उनिहरु सबै साथी साथी मिलेर  खेलेको रहेछ त्यही पैसा यता को उता उताको यता बनाएर  मजा गर्दै अरुको पैसा खाने खेल खेल्दो रहेछ  अब अझ म त्यहा बोले पैसा माग्न थाले भने त झनै कुटाई पो खाइने डर भयो

तसैले अब त्यो मेरो ग़ाऊ जाने बाटो खर्च अनी कपड़ा किन्ने पैसा माया मारेर बरु त्यहा बाट जरीबुट्टी  जानुलाइ भक्तपुर जाने मिनी बसको   ५ रुयैया भाड़ा  समेत   नरहे पछि उनीहरुलाई नै मैले प्ल्ज़ पाच रुपैया त देऊ डेरा जाने बस भाडा समेत छैना  भनेर बिन्ती गरे बापट उनीहरूले पनि  ५ रुपैया दिए त्यही पैसाले   म डेरा गएको छू
त्यो  खेलको नाम के हो मलाई थाहा छैन   र यसरी  ३ ओटा गोटी खेलाउने ब्यक्तिहरु  संग तपाईहरु  पनि होसियार हुनुहोस या नी की मा जस्तै हुनु होला     ग़ाऊ जाने खर्च सबैलाई नया लुगा किन्ने पैसा लगि देला ......

 दिल राइ
खोटांग बतासे -४

Read more!

विंटर संगै केही भिडियो,फोटोहरुलाई

राजेश पायल राइ अनी हरी राइ   को सोर संगै यो भिडियो संग एक  छीन रमाइलो लिनू है तपाईलाई कति को हिउ मन पर्छ  यो संसार नी यस्तै छ कहिले कहा  के हुदैछ थाहा नहुने रहेछ र हामी मानिसलाई पनि जती गर्दा हुदा पनि कहिल्ये मनमा संतुस्ट नहुने आज यो छोटो भिडियो पोस्ट गरेको छु  हेर्नु न  है . केही { विंटर } जाडो मौसमको  भिडियो रिकॉर्ड समाबेश छ
क्लिक गर्नुस तलको
 
फोटोहरुलाई ठुलो पारी हेर्नलाई दुइ पटक क्लिक गर्नुस    

Read more!

माला फाल्दै गए अयोग्य लडाकु {जनक नेपाल/दुर्गालाल केसी} by- kantipuronline

दहवन (रोल्पा),
माघ २६ -   बिदाइ गर्न आएका माओवादी अध्यक्ष पुष्पकमल दाहालले लगाइदिएको माला शिविर छाड्नु परेका अयोग्य लडाकुले फालिदिए । दाहालले हात अघि बढाउँदासमेत कतिपयले त हात मिलाएनन् ।

घर फर्किन लागेका लडाकुको बिदाइ कार्यक्रममा सोमबार विदेशी पाहुनासँगै दाहाल पनि दहवन आएका थिए । स्वागतमा न उत्साह देखियो न त भाषणमा ताली । बरु उनीहरू असन्तुष्ट देखिन्थे बाहिरिनुपर्दा । घर फर्केपछि पनि पार्टीले खटाएको काम गर्नुपर्ने उर्दीपछि उनीहरू झन् निराश देखिएका थिए ।

'घर फर्केपछि कुन पार्टीमा काम गर्ने हाम्रो खुसीको कुरा हो,' दाङको चैलाही-९, नारायणपुरका सरद वलीले भने । अस्थायी शिविरबाट बाहिरिएका उनीहरूलाई पार्टीमा लाग्नै पर्ने उर्दीसहित कार्यक्षेत्र तोकेर पठाइएकामा धेरै रुस्ट देखिन्थे ।

माओवादी सैन्य कमान्डरहरूले बिदाइ गर्नुअघि प्रशिक्षण दिँदै एक महिनाभित्र पार्टीका काममा फर्किन निर्देशन दिएका थिए । उनीहरूलाई वाईसीएल लगायतका पार्टीका विभिन्न भ्रातृ संगठनमा रहेर काम गर्न भनिएको छ । 'एक महिनापछि दिइएको जिम्मेवारीमा फर्किनुहोला,' ती नेताका भनाइ उद्धृत गर्दै रुकुमकी एक लडाकुले भनिन्, 'नफर्किए खोज्दै आउँछौं ।' घर गाउँको नक्सा र फोन नम्बरसमेत टिपेर राखेको उनले बताइन् । प्यूठानका दिलीप घर्ती मगरले युद्धमा लगाएका युवालाई पुनःस्थापनमा बेवास्ता गरिए जेसुकै हुनसक्ने चेतावनी दिए ।

उनको पाँचौ डिभिजनभित्र भने दाहालको भव्य स्वागत गरियो । माओवादी सेनाले उनलाई सलामी दिएको थियो । त्यहाँ उनलाई विगतमा झैं 'कमरेड' सम्बोधन गरिएन, 'सर' भनियो । सलामीपछि पत्रकारहरूलाई बाहिर पठाएर अध्यक्ष दाहाल लगायतका माओवादी नेताहरूले शिविरको निरीक्षण गरे । उनले त्यहाँ डिभिजन कमान्डर कालीबहादुर खाम 'विविध' सहितका सैन्य कमान्डरहरूलाई भेटेर गोप्य बैठक गरे । रामहरि श्रेष्ठको हत्याका आरोपित विविध औपचारिक कार्यक्रममा भने देखिएनन् ।  

राष्ट्रसंघीय सुरक्षापरिषद सदस्य राष्ट्रहरूका राजदूत, माओवादीका अध्यक्ष दाहाल र अनमिन प्रमुख करिन लनग्रेनको उपस्थितिमा अयोग्य लडाकुहरूलाई सोमबार दहवनबाट बिदाइ गरिएको हो । बहिर्गमनमा परेका लडाकुहरूलाई सम्बोधन गर्दै माओवादी अध्यक्ष दाहालले शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन सघाएर लडाकुहरूले आफू योग्य रहेको पुष्टि गरेको बताए ।

पाँचौं डिभिजनबाट अनमिनले अयोग्य ठहर्‍याएका २ सय ६८ जनालाई सोमबार बिदा गरिएको छ । ४ सय ५० अयोग्य ठहरिएकामध्ये अरू पहिल्यै घर फर्किसकेको डिभिजनले बताएको छ । योसँगै माघ ३ गते चितवनबाट सुरु माओवादी अयोग्य लडाकुहरूको बहिर्गमन पूरा भएको छ । माओवादीले सशस्त्र संघर्षको पहिलो आक्रमण दहवनछेउकै होलेरी प्रहरीमा गरेका थिए ।

एक महिनायता सातवटा शिविरका २ हजार ३ सय ९४ अयोग्य लडाकु बाहिरिइसकेका छन् । अनमिनले २ हजार ९ सय ७३ लाई नाबालिग र एक हजार ३५ जनालाई युद्धविरामपछि भर्ना भएको भन्दै अयोग्य ठहर्‍याएको हो । माओवादी सेनाका प्रमुख नन्दकिशोर पुन पासाङले शरीरमा गोली र छर्रा लिएका लडाकुलाई समेत बिदाइ गर्नुपर्दा दुःख लागेको बताए ।

राष्ट्रसंघीय महासचिवका प्रतिनिधि करिन लनग्रेनले अयोग्य लडाकुहरू माओवादी सेनाको चेन अफ कमान्डमा नहुने बताइन् । 'सशस्त्र संघर्ष तपाईंहरूका लागि अब विगत हो,' उनले भनिन्, 'आफ्नो परिवारमा फर्केर शिक्षा र व्यावसायिक तालिम लिनसक्नुहुन्छ ।'

राष्ट्रसंघीय सुरक्षापरिषद राष्ट्रका तर्फबाट बेलायती राजदूत एन्डुय्रु हलले अयोग्य लडाकु हटाउन राजी भएर माओवादीले अन्तर्राष्ट्रिय कानुन पालनाको प्रतिबद्धता पूरा गरेको बताए । घर फर्किन लागेका अयोग्य लडाकुलाई निराश नहुन आग्रह गर्दै उनले भने, 'यो तपाईंको जीवनको नयाँ सुरुवात हो ।' अझै १९ हजार ६ सय माओवादी लडाकुको भविष्य निर्धारण गर्न बाँकी रहेको उल्लेख गर्दै एन्ड्यु्रले भने, 'लडाकुको पुनःस्थापन, व्यवस्थापन र समायोजन हेर्न हामी आतुर छौं । त्यसपछि मात्र नेपाली समाजको नयाँ पाटो सुरु हुनेछ ।'

माओवादीको पछिल्लो भूमिकाले शान्ति प्रक्रिया र संविधान निर्माण कार्यले तीव्रता पाएको अध्यक्ष दाहालले दाबी गरे । 'माओवादीकै कारण शान्ति प्रक्रिया र संविधानको काम अघि बढेको छ,' उनले भने, 'संविधानसभाबाट संविधान बने फाइदा माओवादीलाई पुग्ने ठानेर रोक्न खोज्नेहरू पनि छन् । त्यसैले जुनसुकै त्याग गर्न तयार हुनुपर्छ ।'  

Read more!

www.saptakoshi.comसप्तकोशी ब्लगको फोटोहरु

khotang nepal

{सप्तकोशी ब्लग} यो हाम्रो नेपाली झण्डालाइ हामी सबैले जगेडा गर्ने बेला भएको छ  भर्खर हुदै गरेको बंगलादेश को ढाकामा कुनै नया झण्डा र पुरानो रास्ट्रीय गीत बजाइयो के हामी सबैले त्यसैलाई पछि पर्दै जानु हुदैन   
Read more!

हतियारसहित माओवादी सेनाका पक्राउ -{ कांतिपुर ओंनलाइन }

माओ बादीहरुले के गर्न खोज्दै छ  ? 

धरान, २०६६ माघ १४ -
माओवादीका दुई सेक्सन कमाण्डरलाई खनार र इटहरीको सिमानाबाट विष्फोटक पदार्थ र हतियारसहित बिहीबार पक्राउ गरेको छ । पक्राउ पछि अपरान्ह चार बजे पत्रकार सम्मेलन गरेर प्रहरीले सार्वजनिक गरेको थियो ।

धरान-८ बरगाछीका हार्डवेयर व्यापारी नविन राजभण्डारीको ट्याक्टर र चालक कव्जामा लिएर फिरौती लिने प्रयास गरिरहेको बेला प्रहरीले माओवादी सेनाको प्रथम डिभिजन अन्तर्गत मोरङको याङ्सिलामा रहेका राजु मगर 'सम्वेग' र सुमन लुइटेल 'विकास'लाई हतियारसहित पक्राउ गरेको कोशी अञ्चल प्रहरी कार्यालयका एसएसपी मिङकमार लामाले बताए ।

उनीहरुको साथबाट एक थान प्लाष्टिक हेन्ड गि्रनेट, एक थान पेस्तोल, चन्दा संकलन गर्ने रसिद प्याड, विल, दुई थान मोवाइल र नगद १४ हजार ८ सय ४० रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका मध्ये लुईटेललाई अनमिनले योग्य लडाकु ठहर्‍याएको थियोभने मगरलाई अयोग्य ।

उनीहरु दुवै छ बर्ष अघि माओवादी सेनामा भर्ना भएका हुन् । पक्राउ परेपछि उनीहरुले दुई महिना अघिमात्र क्यान्टोनमेन्टबाट भागेको बतााएका छन् । मगरको घर तेह्रथुमको म्याङलुङ -४ मा होभने सुमनको धनकुटाको मुडेवास-९ केरावारी रहेको उनीहरुको परिचयपत्रबाट खुलेको छ ।

गरीविको कारण चाँडै धनी बन्ने सपना देखेर व्यापारी अपहरण र लुटपाट गर्ने सोचले राजभण्डारीको ट्याक्टर चालक मिलन मग्रातीलाई धरान-८ तीनकुने स्थित रेडियो नेपालको रिपिटर स्टेशन छेउमा पेस्तोल देखाएर राजभण्डारीको बारेमा उनीहरुले जानकारी लिएको संचारकर्मीहरुलाई बताए । उनीहरुले चालक मग्रातीलाई बारम्बार सम्पर्कमा रहिरहन दवाव दिदै सहयोग नगरेमा परिवारको हत्या गरिदिने धम्की दिएकोसमेत उल्लेख गरे ।

मुस्किलले अपहरण हुनबाट बचेका नविन राजभण्डारीले पनि आफ्नो चालक मग्रातीले दिएको जानकारी अनुसार तत्कालै आफु र आफ्नो परिवारको ज्यान असुरक्षित भएको भन्दै क्षेत्रिय प्रहरी इकाई कार्यालयका प्रमुख मिङ्मार लामालाई जानकारी दिएका थिए ।   

राजभण्डारी र चालक मग्रातीबाट प्रहरीले जानकारी पाए पछि दुई जना प्रहरीलाई सामान लोड गर्ने मजदुर बनाएर ट्याक्टरका साथ इटहरी पठाएका थिए । उनीहरुको सम्पर्कमा रहेका चालक मग्रातीलाई इटहरी पुगेर दुवैलाई बोलाउने योजना अनुसार बिहीबार उनीहरु पक्राउ परेका हुन् ।
Read more!

म: म: कस्तो लाग्छ :-


जाडो संगै म: म: को प्लेट हामी नेपालीको हातमा छ    हाल जून सुकै ठाऊ अनी देशमा बस्ने नेपाली दाजु भाई अनी दिदी बहिनीले यो  खाना किन्ने ठाऊ भएको ठाउमा किनेर  नभए  घरमा  पनि बनाएर खाने  चलन छ,      सस्तो अनी सजिलो र  मिठो खाना या नास्ता  दुबैको  लागि प्रयोग गरिन्छ    यो   म: म:  बनाउनको लागी काठमांडू दैनिक धेरै भैसी अनी रागा मरी दिन्छ यो हिउदको समयमा सबैले मन पराउने खाना हो    यो ब्याबसाय गर्ने ब्यापारी घाटामा कहिले पनि जादैन  दुख चाहि गर्नु पर्छ  काठमांडूका ठेल गाड़ा र गल्ली देखि लियर पांचतारे होटल  सम्म ग्राहकको   लागी राखेको  हुन्छ   तपाईलाई कतिको  मन पर्छ  ?  यदि पर्छ भने जाडो जान लाग्यो   नभुल्नु होला यो हिउदको म: म:  म अनी मेरो म: म:   २०१०/०१/२३/केप कड { डेनीस }
Read more!

अमेरिकाको बष्टनमा ४० वर्षिय सुरेन्द्र डंगोलको हत्या यसरि भयो।

संसार यस्तै रहेछ केही न केहीको कमी कम्जोरी सबैलाई नि हुन्छ । तर सबै भन्दा हामी मनिसलाई जहिले पनि कमी हुने के हो त ? शायद थाहा भयो तपाईंलाई होला , हो भयन भने हामी मान्छेमा हुनु पर्ने सबै बस्तुहरु भरीपूर्ण भय पनी यो चिज हो कि जुन चिजले मनिसलाइ कहिले पुग्दैन, अझ हामी नेपालीमा त झनै अती भन्दा अती आबश्यक पर्ने हो । त्यसैले हामीले जुन दु:ख कस्ट गरेर पनि हामीले आफुलाई मात्र नभयर आफ्नो परिवारको लागि भय पनि जिबनमा हरेक बाधा खेप्नु पर्ने हुन्छ । त्यती मात्र नभयर ज्यान पनि गुमाउनु पर्ने अवस्था आउदो रहेछ के गर्नु यो हाम्रो जिबनमा, भनाइ छ दशा लागोस दिन नलागोस् भन्छ तर के गर्नु बिडम्बना यस्तै हुदो रहेछ । नेपाली एक ठाउमा मात्र नभयर यो संसार भरी नि रोज्गारिको लागि नेपाल छोडेर पर्देशियको छन , यस्तै अवस्थामा अमेरिकामा नेपालीको यस्तो नराम्रो बेदनात्मक तरिकाले ज्यान गुमाउनु परेको छ या नि कि यहाँको {तस्करीको} डाँकाहरुको बन्दुकको गोलिको सिकार हुनु परेको छ । यस्ता घटना यक पटक हैन दुइ पटक यो कान निकै पटक नि सुनी सके को छ, फेरी भर्खर 2009 डिसेम्बेर २६ तारिखको दिन {बस्टन} शहरको जमेका प्लन भन्ने स्थानमा {टेडिस्को} भन्ने स्टोरमा काम गरी रहेको बेलामा चोर आयर भयभरको नगद त लगो लगो किन यी {सुरेन्द्र डङ्गोल} लाई गोली हानी हत्या समेत गरे जुन ती हजुरबाको ... खाने जनवार भनाउदो ले Real footage caught on camera खिचेको रेकड हेर्नुस, मैले यो भिडियो youtube बाट कपी गरेर यहाँ समाबेस गरेको छु । यस्तो घटना दनहु अमेरिकामा घटी रहेकोछ , काम नगरु के गरेर जिबन चलाऊनु गरुङ त रात दिन जिबनको मृत्‍यु र जिबनको धारमा राखेर.................... part _2
Read more!

घरको डिस्को डान्स _

2009 /11 /26 Thanks giving day को भिडियो यहाँ समाबेश छ हेर्नलाई अलिक सजिलो गरी प्ले  हुदैन  त्यसैले youtube.कम/dil4912 लाई सर्च गर्नु भयो भने हेर्न  सजिलो हुन्छ .  ढिलाई भयकोमा प्राथी चाहन्छु को कसरी नाच्नु भयको छ  रामरी हेर्नु होला , अनी तपाईहरुको माया र सतभाबनाको उदार चाहियको छ  सप्तकोशी डट कमलाइ  जून  हो मात्र www.saptakoshi .com लाइ क्लिक   गरिदिनुस,_

दिल राइ



Read more!

koshi river khotang and udaypur






View Larger MapThe Nepal is est side biggest river ''koshi ' khotang and udaypur between  three bridge bhandare ghat, rasuwaghat,bajhgara,   this bridge and koshi  this  river very nice clean  water summer time they get bad and drty water  but winter is very nice cold water. This river five small  rivers we call name 1, dudhakoshi 2, tamakoshi 3, bhotekoshi 4, lukukhola 5, sunkoshi they coming from himalayan  / mount,  they are together collect  and  then  they are five rivers so we call  panchakoshi river   after then arun and barun  they get to sunsari  then we call  saptakoshi river. This pictures date :- 2009/11/12/


photo by- Rajendra Rai
    kirat rai 










Read more!

संसारको सबै भन्दा अग्लो टावर दुबई :-

तलको भिडियोलाई क्लिक गर्नुस न है . यो बनाउनाको लागी २० बिलियन अमेरिकी डलरले बने को छ ,
Read more!

संसारको अग्लो अनी होचो मानिसहरु :-

कसैलाई थाहा हुदैन हामी कति सम्मा ठुलो अनी अग्लो हुन्छुं भनेर तर २००६ मा नापियाको यी दुई मानिस को नजर हेर्नुसन अब हामीले के नी पो गर्न सक्छुंग र हेर्न सिबाय तर हेर्दा खेरी पनि सारेई रमाइलो छ संसारको सबै भन्दा सानो होचो नेपालको अनी सबै भन्दा अग्लो चिनाको यी दुई जवानहरु:- तलको भिडियो हेर्नुस न http://www.twitter.com/dil4912 http://www.youtube.com/dil4912

Read more!

निगमले दुइ एयरवस विमान किंने

योगेश खतिवडा
यो निर्णयसंगै अव पहिलोपटक एयरवस नेपालको ध्वाजावाहक विमान हुने भएको छ । यसैगरी दुइ ठूला विमानका भरमा संचलित निगममा २१ वर्षपछि नयाँ जाहाज थपिने भएको छ । खरिद गरिने दुई विमानमा ठुलो 'वाइड बडी' लाई ६ अर्ब ९६ करोड ३३ लाख ७५ हजार रुपैया -९ करोड २८ लाख ४५ हजार अमेरीकी डलर) र सानो 'न्यारो बडी' लाई ३ अर्व ९ करोड ६६ लाख ७५ हजार रुपैया -४ करोड १२ लाख ८९ हजार डलर) तिर्नु पर्नेछ । गत चैत २५ मा निगमले खरिदका लागि प्रस्ताव पेश गर्न माग गरेकोमा अमेरीकी कम्पनी बोइङ र युरोपेलि कम्पनी एयरबसले प्रस्ताव पेश गरेका थिए । त्यसमा एयरवसको प्रस्ताव फाइदाजनक भएकाले छनोट गरिएको संचालक समितिले जनाएको छ । 'वित्तिय एवं अन्य पक्षबाट प्रस्तावको मुल्याङकन गर्दा एयरवसको प्रस्ताव फाइदाजनक देखिएकाले यसलाई छनोट गरिएको हो,' निगमले भनेको छ, 'छनोट गरिएका विमानमा 'न्यारो बडी' मा ए ३२०-२०० र वाइड बडीमा ए ३३०-२०० सिरिजका छन् ।' न्यारो बडीमा १ सय ५० र वाइड बडीको विमानमा २ सय ७९ सिट क्षमता रहनेछ । निगमको खरिद प्रस्तावपनि एयरवसलाई मिल्ने खालको भएको आरोप लाग्दै आएको वेला एयरवस नै किन्न लागिएको हो । लेखा समितिको बैठकले समेत निगमलाई यसअघि खरिद टेण्डर तयार पार्दाको पुर्ण विवरण बुझाउन सम्बन्धित मन्त्रालय र निगमलाई निर्देशन दिएको थियो । वोईङका विमान संचालन गरिरहेको निगमले अर्को कम्पनीको विमान किन्दा निर्माण सामाग्रीका साथै काम गर्ने एयर बस सम्बन्धि जानकार कर्मचारी थप्नु पर्ने भएकाले समस्या र खर्च बढ्ने विज्ञहरु बताउछन् । संचयकोषबाट ऋण लिएर विमान खरिद गर्ने लागिएको हो । तर अहिले निगममा आएको नेतृत्व विवादले कामकारवाहीमा पटकपटक समस्या आउने गरेको छ

Read more!