थाहा छैना जून खेलको नाम ? तर मेरो डेरा जाने बस भाडा समेत सके

दिल राइ 

      हामीले दुःख गरे अनुसार सुख पाए त राम्रो नी हुने थियो होला  
तर  दुःख गरे पनि दुःख माथि झंन दुःख  हुनाले हामीले आफ्नो जन्म दिने बाबा आमा अनी घर परिवार छोडेर परदेश लाग्नु पर्ने हुन्छ.

  यो नी  छ  जिंदगी  म पनि यस्तै अबस्था लिएर ग़ाऊ बाट राजधानी  छिरे साथमा नेपाली पासपोर्ट लियर   र काठमांडूमा  फुफुको डेरामा बस्न  थाले जब कि म बिदेश नगईजाल सम्म त्यही बिदेश जाने क्रममा  मैले एउटा एजेंटलाइ  पनि भेटे र उसले   मलाई मलेसियाको एक  गारमेंट कम्पनीको लागी काम म लगायत निकै जनालाइ  पठाउने भयो र हाम्रो पासपोर्ट  धितो पैसा पनि १५०० हजार सहित  लियो  र  जून मान्छेले  नाम  {गोप्पे} पुतली सड़कको नवदुर्गा पोली क्लिनिक मा सबै काम अनी मेडिकल गर्ने ठाऊ बनाएको रहेछ ,     म पनि अरुहरु  साथीहरु झै  उस्लाई कहिले बिदेश लागिने हो भनेर  भेट्न दिन दिनै  आउन थाले {जरिबूटी }  बाट    आज  भन्यो   भोली भन्यो सधै बसमा आउन  जान  गर्दा मैले   ग़ाऊबाट बोकेर आएको पैसा बस भाड़ा तिर्दै  अनी साधारण नास्ता  खादा नी  सके  तर जून मान्छेले हामीलाई मलेसिया पठाउने कुनै छाटकाट  नभए पछि म फेरी घर जाने निधो गरे जून बेला सम्म म संग १३०० सय रुपैया मात्र  बाकि थियो

अब घर जाने निधो गरेर   म पुतलीसड़क त़िर लागे    र   उसलाई त्यही मेडिकलमा  भेट्दै केही घरमा भाई बहिनिलाई अनी बाबा आमालाइ सस्तो सस्तो कपड़ा किनेर लाने बिचार गरेर म पुतलीसड़कबाट    भृकुटीमंडपको बजारमा  जाने सुर कसेर पुरानो बस पार्क हुदै आए,   अनी म जून मार्केट भित्र जादा त जून दिन  जून मार्केटको संगठनको कुनै पदाकारीको मृतु भएको ले बन्द  गरेको रहेछ    जून बेला सुनसान थियो मान्छे हुदा पो  बत्ती अनी हल्ला रमाइलो हुदो  रहेछ कोही नभएको बेला हो भने त त्यहा त दिउसै मसान आउला जस्तो हुदो रहेछ    जहा फाट्टा  फुट्टा  मान्छे अनी कुनै ठाउमा चाही ६,७ जना युवाहरु हल्ला गर्दै थियो , अनी मलाई पनि तिनीहरु भएको ठाउ तीर  जान मन लाग्यो  र म  जून सुनसान कालो कालो ठुलो ओढार जस्तो  तिर लम्के   र म जहा पुग्दा त त्यहा सबै जनाको   हातको औलाको चिप भरी १०० ,५०, ५००, पैसाको नोट थियो र  एक जनाले चाही  हातमा   ३ ओटा ठुलो पैसाको या नी को { कयन }  जस्तो सेतो गोलों च्याप्टो एक प्रकारको क्यारिम बोर्ड को STAIGAR  जस्तो  थियो    र एक गोटीमा चाही कुनै एक किसिमको चिन्ह थियो  र उसले ती तिन ओटा पैसा जस्तो उसैको हातमा नचाइ एता को उता उता को एता बनाएर भुइमा रुमालमा  ती तिनै ओटा राख्थियो र  अरु मान्छे ले पैसा राख्थियो   जून गोटीमा चिन्ह छ र  पैसा राख्यो भने  आफुले जती राखेको छ उसले त्याती नि दिन्थियो , यसो  मैले पनि बिचार गरेर निकै  बेर  हरे सजिलो अनी पत्ता लगाने रहेछ   भनरे  पैसा पो पाइन्छ भनेर खेल्ने सुर कसे       म पनि  यदि  पैसा   मारे भने त घर जादा  निकै कपड़ा को किन्छु भनेर  जोसले  उसले नचायको गोटी हेर्दै पैसा राखन थाले  सुरुमा त ५  , १० रुपैया थापे र  मैले  थापेकोमा   पैसा पनि पाए त्यस्तै  मैले एक सय के पाएको थिए त्यस पछि त जुनै  थापे पनि पर्न छड्यो झन झन मेरो खल्तिको कपड़ा किन्ने पैसा सकिन लागेछ  अब  चाही मा पनि जुक्ति लगाउनु  पर्छ  भनेर मैले ती तिनै ओटा गोटीमा   राखे  भने त  एकमा त पर्छ भनेर  की  उसले मलाई   ठगी रहेको छ भनेर  मैले चेक गर्न मन लाग्यो र मैले तिनै ओटा गोटिमा पैसा राखे खोल्दा  त कुनैमा पनि जून चिन्ह भएको गोटी नी थिएन जून खेलाउने मान्छे कसरी त्यस्तो बनायो  भनेर  बिचार गरे मेरो भएको पैसा त सबै सके अनी अरुहरु पनि खेल्दै थियो  तर उनीहरुको   पालामा त परेको नी हुन्थियो  कसरी यस्तो भयो भनेर म  पनि अझ  पैसा भए जस्तै गरेर   त्यही बसी राखे उनीहरुले खेलेको  हेरी राखे  तर  कुरा यस्तो रहेछ जून ती ३ ओटा गोटी नचाउने  मान्छे हातमा त गोटी ३ ओटा नभई ४ ओटा पो  रहेछ  आखा छलेर जून हिन्ह भएको गोटी त  भुइमा नी राख्दैन  रहेछ कसरी अनी मैले पैसा मार्नु उल्टो मेरो १३०० सय रुपैया सके  र  यो कुरा थाहा भए पछि किन यसरी मेरो पैसा लगेऊ भनेर रिसले गाली गर्न र  पैसा फिर्ता लीन कोशीस  गरे  अनी अरुहरु म जस्तै खेल्न साथिहरुको सहयोग  माग्न र  साथी  हो   यसरी पैसा लानु दिनु हुन्न भनेर भन्दा त ,,   उनीहरु  पनि उल्टाइ   हास्न पो  थाले त्यसैले  नखेल्नु यो खेल  खेल्यो भने यस्तै हुन्छ हाम्रो खेल नै यस्तै हो  भन्दै मलाई नी पो धम्की दिन थाल्यो  त्यति बेला मलाई बल्ला थाहा भयो उनिहरु सबै साथी साथी मिलेर  खेलेको रहेछ त्यही पैसा यता को उता उताको यता बनाएर  मजा गर्दै अरुको पैसा खाने खेल खेल्दो रहेछ  अब अझ म त्यहा बोले पैसा माग्न थाले भने त झनै कुटाई पो खाइने डर भयो

तसैले अब त्यो मेरो ग़ाऊ जाने बाटो खर्च अनी कपड़ा किन्ने पैसा माया मारेर बरु त्यहा बाट जरीबुट्टी  जानुलाइ भक्तपुर जाने मिनी बसको   ५ रुयैया भाड़ा  समेत   नरहे पछि उनीहरुलाई नै मैले प्ल्ज़ पाच रुपैया त देऊ डेरा जाने बस भाडा समेत छैना  भनेर बिन्ती गरे बापट उनीहरूले पनि  ५ रुपैया दिए त्यही पैसाले   म डेरा गएको छू
त्यो  खेलको नाम के हो मलाई थाहा छैन   र यसरी  ३ ओटा गोटी खेलाउने ब्यक्तिहरु  संग तपाईहरु  पनि होसियार हुनुहोस या नी की मा जस्तै हुनु होला     ग़ाऊ जाने खर्च सबैलाई नया लुगा किन्ने पैसा लगि देला ......

 दिल राइ
खोटांग बतासे -४

No comments: