हतियारसहित माओवादी सेनाका पक्राउ -{ कांतिपुर ओंनलाइन }

माओ बादीहरुले के गर्न खोज्दै छ  ? 

धरान, २०६६ माघ १४ -
माओवादीका दुई सेक्सन कमाण्डरलाई खनार र इटहरीको सिमानाबाट विष्फोटक पदार्थ र हतियारसहित बिहीबार पक्राउ गरेको छ । पक्राउ पछि अपरान्ह चार बजे पत्रकार सम्मेलन गरेर प्रहरीले सार्वजनिक गरेको थियो ।

धरान-८ बरगाछीका हार्डवेयर व्यापारी नविन राजभण्डारीको ट्याक्टर र चालक कव्जामा लिएर फिरौती लिने प्रयास गरिरहेको बेला प्रहरीले माओवादी सेनाको प्रथम डिभिजन अन्तर्गत मोरङको याङ्सिलामा रहेका राजु मगर 'सम्वेग' र सुमन लुइटेल 'विकास'लाई हतियारसहित पक्राउ गरेको कोशी अञ्चल प्रहरी कार्यालयका एसएसपी मिङकमार लामाले बताए ।

उनीहरुको साथबाट एक थान प्लाष्टिक हेन्ड गि्रनेट, एक थान पेस्तोल, चन्दा संकलन गर्ने रसिद प्याड, विल, दुई थान मोवाइल र नगद १४ हजार ८ सय ४० रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका मध्ये लुईटेललाई अनमिनले योग्य लडाकु ठहर्‍याएको थियोभने मगरलाई अयोग्य ।

उनीहरु दुवै छ बर्ष अघि माओवादी सेनामा भर्ना भएका हुन् । पक्राउ परेपछि उनीहरुले दुई महिना अघिमात्र क्यान्टोनमेन्टबाट भागेको बतााएका छन् । मगरको घर तेह्रथुमको म्याङलुङ -४ मा होभने सुमनको धनकुटाको मुडेवास-९ केरावारी रहेको उनीहरुको परिचयपत्रबाट खुलेको छ ।

गरीविको कारण चाँडै धनी बन्ने सपना देखेर व्यापारी अपहरण र लुटपाट गर्ने सोचले राजभण्डारीको ट्याक्टर चालक मिलन मग्रातीलाई धरान-८ तीनकुने स्थित रेडियो नेपालको रिपिटर स्टेशन छेउमा पेस्तोल देखाएर राजभण्डारीको बारेमा उनीहरुले जानकारी लिएको संचारकर्मीहरुलाई बताए । उनीहरुले चालक मग्रातीलाई बारम्बार सम्पर्कमा रहिरहन दवाव दिदै सहयोग नगरेमा परिवारको हत्या गरिदिने धम्की दिएकोसमेत उल्लेख गरे ।

मुस्किलले अपहरण हुनबाट बचेका नविन राजभण्डारीले पनि आफ्नो चालक मग्रातीले दिएको जानकारी अनुसार तत्कालै आफु र आफ्नो परिवारको ज्यान असुरक्षित भएको भन्दै क्षेत्रिय प्रहरी इकाई कार्यालयका प्रमुख मिङ्मार लामालाई जानकारी दिएका थिए ।   

राजभण्डारी र चालक मग्रातीबाट प्रहरीले जानकारी पाए पछि दुई जना प्रहरीलाई सामान लोड गर्ने मजदुर बनाएर ट्याक्टरका साथ इटहरी पठाएका थिए । उनीहरुको सम्पर्कमा रहेका चालक मग्रातीलाई इटहरी पुगेर दुवैलाई बोलाउने योजना अनुसार बिहीबार उनीहरु पक्राउ परेका हुन् ।

No comments: