यो संसारमा कती सजिलो अनी अती अप्ठेरो पनि छ तर । जति कै अप्ठेरोलाई पनि सजिलै सित सहजरुपमा बदलेर जुन सुकै कामहरु पनि गरेको छ यही श्रीजनासिल मानिसले, अझ आजको युग भनेको कम्प्युटरको छ को कहाँ छ र के गर्दैछ सजिलै सँग थाहा पाउन सक्ने यन्त्रहरु बनाइ सकेको छ । तर जुन सुबिधाहरु प्रयोग गर्न त्यती सजिलो सँग जोहिकोहिले सकिन्न र गरे पनि अती दिमाग खियाउनु पर्ने हुन्छ । तर यो प्रसंग मैले जोडेको हो मात्र , मेरो एकै जना {दाई} साथी, मैले मान्नु पर्ने ब्याक्ती हुनु हुन्छ
खोटांग जिल्लाको चेस्मिटार गा. बि. स मा जन्मनु भयको {
दिर्घ राई } खोटाङ उहांको जन्म घर भय पनि भबिश्यको सपना बोकेर हरेक अप्ठरा अनी अनगन्ती रहर सपना बोकेर घर छोड्नु भयो । यस्तै क्रममा सानै देखि नी जटिल मिहनेत गर्दै यात्रारुपी जिबनयात्रा शुरु गर्दै आउनु भएको छ । उहाले नेपालमा मात्र हैन कि उहाले निकै वटा देशहरुमा आफ्नो मिहनेती दिमाग अनी हातको नङ्रा,पसिना लगाइ खियाइ र बगाइ सक्नु भयको छ । यस्तै क्रममा जिबनको संघर्स गर्दै जादा मैले उहालाई भेट्ने मौका पाय
२००७ देखी र हुन त हामी र हाम्रो जनम थलो एउटा जिल्लामा भए पनि हामी एक अर्कामा देखा देख भने थियन । तर आज भन्दा २ बर्ष अगाडि देखी हामी सँग नबसे पनि बेला बेलामा भेट त भैराखेको छ त्यस्मा म भग्यमानी ठान्दछु र उहाको बारेमा सबै भन्न त म सक्दिन । तर उहाको सहयोगी पनलाई म मात्र हैन यो {केप कोड } मा बस्ने सबै नेपाली दाजु-भाई अनी दिदीबहिनीहरुलाई नि थाहा छ कि उहा कती सहयोगी हुनुहुन्छ भनेर , मैले देखेको छु हरेक मनिसले काम गर्छ र गर्नु पनि जरुरी छ तर गरे पनि आयश्रोतको बाटो बनाएर काम गरेको हुन्छ, तर उहाले जती आफ्नो गर्नु पर्ने कर्तब्य छ जुन बाहेक बढी भयको समय भनेको हामी सबै साथीहरुलाई उहाको थकित शरीर नभनी रातको निन्द्रा नभनी साथीहरुलाई सहयोग गर्दै आउनु भए छ । एक दिन मैले उहालाई केही प्रश्न सोध्न मन लाग्यो र भने तपाईंले यती धेरै मिहनेत गर्नु हुन्छ १२ घंटा आफ्नो दैनिकी काम गरेर पनि म लगायत थुप्रैलाइ साथीहरुको लागि पसीना बगीरहेको छ , र अहिले हामी नेपालमा पनि छैनौ अनी जुन साथीहारुले या मैले नि केही पनि तपाईंले लगाउनु भयको गुनहरुको कुनै अंस पनि हजुरलाई दिन सकेको छैन र म जस्ता अरु साथीहरुले पनि मलाई सय प्रतिसत थाहा छ कसैले पनि हजुरको लागि भनेर यसरी तपाई जसरी खटेको छैन भनेर सोद्धा उहाले यस्तो भन्नु भयो , यो मैले जानेको कुराहरु अनी साथीहरुलाई जुन बस्तुले कठिन् या आपात हुनु ,बन्नु भयको छ भने मैले उहाहरुलाई सहयोग गर्नु मलाई कुनै अप्ठयरो लाग्दन र मा जोही कोहिलाई पनि सहयोग गर्न मन पर्छ भन्नु भयो, र मलाई मेरो साथी भाईले पैसामा किनेको मन पर्दैन भन्नु भयो यसरी नी हामी हरेक नेपालीको एक आपसमा सहयोगको भाबना भए यो नेपाल मुलुक पनि कहाँ पुगी हुन्थ्यो होला .
दिल राइ
{ केप कोड} डेनिस
सुचना सुचना सुचना
{केप कोड बासी नेपाली को लागी मात्र }
संपूर्ण केप कोड बासी नेपाली दाजू-भाई दिदी बहिनिहरुमा यदि यो .
सप्तकोशी.कम ब्लोग़ अपडेट गर्नु भयो भने एउटा सानो अनुरोध गर्दछु की हामी केप कोड मा बस्ने सबै नेपालीको एउटा गठन गर्नु पर्ने आबश्यक परेको हुदा यो सानो सूचनालाइ पालना गरीदिनु हुन्छ भन्ने आसा गर्दछु .
सबैको मोबाईल नम्बर चढाई उपलोड गर्दछु . र हजुरले पनि यक आपसमा सहयोग गर्नु होला यानि की केप कोड नेपाली गठन गर्न को लागि बाकि ......... चाडै.....
केप कोड नेपाली ग्रुप
No comments:
Post a Comment