१० दिन को छुट्टी सकियो !

आज  निकै दिन पछि छोटो भेट गर्न औदैछु , साथमा मेरो { सिकागो } को भ्रमन सकेर अब फेरी दैनिकी काम गर्न तयारी छू ! साथमा मैले केही भिडियो तस्बीर पनि लिएर आएको  छू ! यहाँ केही फोटोहरु अपलोड गरेको छू , बाकी भिडियोहरु समय मिलाएर चाडै नि अपलोड गर्ने छू ,  सुनेको थिए सिकागोको शहर हावा आउने शहर भनेर तर साच्चै त्यही पुगेर थाहा पाए की कतिको हावा आउछ , जाडो त ठीकै थियो  तर हावा पनि चल्ने वा आउने हुनाले निकै मुस्किल पर्ने रहेछ बानी हुनालाई तर त्यति जाडो भए पनि त्यहाको मुख्य मुख्य ठाऊ हेर्न पाउदा अति आनन्द आयो , जून शहरको  प्रचलित टावर {विल्लिस } टावरको १०३ तला  माथी बाट जून शहरलाइ  नियाल्न पाउदा अर्कै अनुभूति लिन पाइयो अनी जहा डालफिनको नाच  शीळको नाच अनी थुप्रै पानीमा हुने जानवरहरु  हेर्न पाउदा आनन्दा आयो , साथै थुप्रै२ नया नया भौतिक बस्तुहरु हेर्न पाउदा त मलाई त्यहा बाट जून म बसेको ठाऊमा  फर्कन नी मन थिएन तर के गर्नु पेट भरनको लागी काम गर्नु नी पर्यों त्यसैले अब काम गर्न हतार छ  त्यसैले भिडियो अपलोड गर्न सकिन चाडै नी अपलोड गर्ने छू ! 

No comments: