पानी बेचेर १५ रोपनी

जग्गा जोड्न अनेकले अनेक पहल गर्छन् गोरखाका मित्रबहादुर ढुंगानाले भने झन्डै ४० वर्षसम्म पानी बेचेर १५ रोपनी किनेका छन् एकमाथि अर्को गाग्री बोकेर बजारमा देखिने यी ७० वर्षे अहिले पनि घर-घरमा पानी पुर्याउँछन् पानी खुवाउने सेवाको मन नै उनको व्यवसाय भयो उनी एक खेपमा दुई गाग्री पानी बेच्छन् त्यसको पाँच रुपैयाँ लिन्छन् गोरखा बजार पानीको निकै संकट हुने ठाउँ हो त्यसैले उनको यो पेसा राम्ररी चल्यो प्रत्येक खेपको कसैले पाँच रुपैयाँभन्दा बढी दिए पनि उनी लिँदैनन् भन्छन्, 'पैसा मात्रै कमाउने नै भए अरू नै काम गरिहाल्थें नि ' उनी सदरमुकाम छेउछाउका ढुंगेधाराबाट खानेपानी घर-घरमा पुर्याउँछन् 'पाँच रुपैयाँभन्दा बढी पैसा नलिने पानी ल्याउन नसक्ने भए पहिल्यै सक्दिनँ भन्ने स्पष्ट स्वभाव उनको,' स्थानीय व्यवसायी लक्ष्मण जोशीले भने, 'उनी परिश्रमी इमान्दार छन्, सबैले माया गर्छन् ' वर्षयता पटक-पटक गरी गोरखा नगरपालिका- स्थित बिरेनचोकमा उनले रोपनी बारी दस रोपनी खेत किनेका छन् सानो झुप्रो पनि बनाएका छन् उनको जग्गा अहिले करिब १५ लाख रुपैयाँ मूल्यको भएको स्थानीयले बताए 'बुढेसकाल पनि लाग्यो अहिले पहिलाजस्तो काम गर्न सकिएन,' ढुंगानाले भने, 'पछिका वर्षको रकम बिरामी हुँदा खर्च भयो ' ढुंगानाले दैनिक कम्तीमा ३० गाग्री पानी बोक्ने गरेको बताए उनको पानी सदरमुकामका स्थानीय तथा कोठाभाडा गरी बस्नेहरूले किन्ने गरेका छन् एक दर्जनभन्दा बढी उनका नियमित ग्राहक छन् घरमा जोडेको धारामा अलि धमिलो पानी आउनासाथ उनलाई गुहार्नेहरू प्रशस्तै हुन्छन् सदरमुकामवासी धेरै वर्षदेखि यहींका ढुंगेधारामा निर्भर थिए पाँच वर्षअघि मात्र यहाँ साना सहरी खानेपानी आयोजनामार्फत घर-घरमा धारा जडान भएको हो तर पिउन ढुंगेधारैको धेरैले रुचाउँछन् ढुंगानासँग श्रीमती दुई छोरा छन् जेठा छोरा गाडीमा काम गर्छन् भने कान्छा सदरमुकामकै एक स्कुलमा पढ्छन् 'पानी बेच्ने भनेर धेरै आफन्तले घृणा गर्थे,' पाँच जनासँग विवाह गरेका ढुंगानाले भने, 'पानी बेच्ने भनेरै चारवटीले छाडे ' दुई गाग्री पानी घरमा पुर्याउन उनलाई आधा घन्टा लाग्छ चैत-वैशाखको समयमा धारामा पालो कुर्नुपर्ने भएकाले तीन घन्टासमेत लाग्ने उनले बताए

No comments: