जग्गा जोड्न अनेकले अनेक पहल गर्छन् । गोरखाका मित्रबहादुर ढुंगानाले भने झन्डै ४० वर्षसम्म पानी बेचेर १५ रोपनी किनेका छन् । एकमाथि अर्को गाग्री बोकेर बजारमा देखिने यी ७० वर्षे अहिले पनि घर-घरमा पानी पुर्याउँछन् ।
पानी खुवाउने सेवाको मन नै उनको व्यवसाय भयो । उनी एक खेपमा दुई गाग्री पानी बेच्छन् र त्यसको पाँच रुपैयाँ लिन्छन् ।
गोरखा बजार पानीको निकै संकट हुने ठाउँ हो । त्यसैले उनको यो पेसा राम्ररी चल्यो । प्रत्येक खेपको कसैले पाँच रुपैयाँभन्दा बढी दिए पनि उनी लिँदैनन् । भन्छन्, 'पैसा मात्रै कमाउने नै भए अरू नै काम गरिहाल्थें नि ।' उनी सदरमुकाम छेउछाउका ढुंगेधाराबाट खानेपानी घर-घरमा पुर्याउँछन् ।
'पाँच रुपैयाँभन्दा बढी पैसा नलिने र पानी ल्याउन नसक्ने भए पहिल्यै सक्दिनँ भन्ने स्पष्ट स्वभाव छ उनको,' स्थानीय व्यवसायी लक्ष्मण जोशीले भने, 'उनी परिश्रमी र इमान्दार छन्, सबैले माया गर्छन् ।'
छ वर्षयता पटक-पटक गरी गोरखा नगरपालिका-९ स्थित बिरेनचोकमा उनले ५ रोपनी बारी र दस रोपनी खेत किनेका छन् । सानो झुप्रो पनि बनाएका छन् । उनको जग्गा अहिले करिब १५ लाख रुपैयाँ मूल्यको भएको स्थानीयले बताए । 'बुढेसकाल पनि लाग्यो अहिले पहिलाजस्तो काम गर्न सकिएन,' ढुंगानाले भने, 'पछिका वर्षको रकम बिरामी हुँदा खर्च भयो ।' ढुंगानाले दैनिक कम्तीमा ३० गाग्री पानी बोक्ने गरेको बताए ।
उनको पानी सदरमुकामका स्थानीय तथा कोठाभाडा गरी बस्नेहरूले किन्ने गरेका छन् । एक दर्जनभन्दा बढी उनका नियमित ग्राहक छन् । घरमा जोडेको धारामा अलि धमिलो पानी आउनासाथ उनलाई गुहार्नेहरू प्रशस्तै हुन्छन् । सदरमुकामवासी धेरै वर्षदेखि यहींका ढुंगेधारामा निर्भर थिए । पाँच वर्षअघि मात्र यहाँ साना सहरी खानेपानी आयोजनामार्फत घर-घरमा धारा जडान भएको हो । तर पिउन ढुंगेधारैको धेरैले रुचाउँछन् ।
ढुंगानासँग श्रीमती र दुई छोरा छन् । जेठा छोरा गाडीमा काम गर्छन् भने कान्छा सदरमुकामकै एक स्कुलमा पढ्छन् । 'पानी बेच्ने भनेर धेरै आफन्तले घृणा गर्थे,' पाँच जनासँग विवाह गरेका ढुंगानाले भने, 'पानी बेच्ने भनेरै चारवटीले छाडे ।'
दुई गाग्री पानी घरमा पुर्याउन उनलाई आधा घन्टा लाग्छ । चैत-वैशाखको समयमा धारामा पालो कुर्नुपर्ने भएकाले तीन घन्टासमेत लाग्ने उनले बताए ।
पानी बेचेर १५ रोपनी

Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment