खगेन्द्र के हुदै छ त अहिले

कान्तिपुर संवाददाता पर्यटन वर्ष सचिवालयले २०११ को प्रवर्द्धनका लागि विश्वकै सबैभन्दा होचा खगेन्द्र थापा मगरलाई 'गुडविल' राजदूत बनाएको छ । विभिन्न कारणले अन्तर्राष्ट्रिय प्रवर्द्धनमा ढिलाइ भएकाले बाँकी रहेको समयमा विश्वका मान्छेको ध्यान नेपालतर्फ तान्न खगेन्द्रलाई चयन गरिएको हो । यसअघि सचिवालय र पर्यटन मन्त्रालयले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने आरोहीलाई 'गुडविल' राजदूत बनाइसकेको छ । 'सबैभन्दा अग्लो शिखर सगरमाथा भएको देशबाट सबैभन्दा होचा व्यक्तिले तपाईलाई नेपालका निमन्त्रणा गर्दछ' भन्ने नारासहित उनलाई प्रवर्द्धनका लागि लगिनेछ

त्यस्तै मिस नेपाल सदिच्छा श्रेष्ठलाई २०११ को अन्तर्राष्ट्रिय प्रवर्द्धनका लागि ब्रान्ड एम्बेसडर बनाइएको छ । श्रेष्ठले मिस वल्र्डका लागि बेइजिङलगायत स्थानमा जाँदा पर्यटन वर्षको प्रचारप्रसार र नेपालबारे जानकारी दिने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा पर्यटन बोर्डका प्रमुख कार्यकारी प्रचण्डमान श्रेष्ठले बताए । '२०१० को डिसेम्बरसम्म १२ वटा देशमा ब्रान्ड र गुडविल एम्बेसडरलाई लिएर अन्तर्राष्ट्रियस्तरमा हुने पर्यटन सम्बन्धी कार्यक्रममा भाग लिइने लक्ष्य छ,' उनले भने ।

विश्व पर्यटन दिवसमा विभिन्न छुट

विश्व पर्यटन दिवसको अवसरमा असोज ११ गते आउने पहिलो पर्यटकलाई विभिन्न छुट दिइने भएको छ । पर्यटन मन्त्रालय, पर्यटन बोर्ड र होटललगायत सम्बद्ध सबै पर्यटकीय संघसंस्थाले संयुक्त रूपमा मनाउने कार्यक्रमअनुसार हवाईमार्गबाट आउने पर्यटकको सम्मान गरिनेछ । त्यस्तै होटलको शुल्कमा छुट दिनुका साथै विभिन्न पुरातात्त्विक स्थान प्रवेशमा समेत छुटको व्यवस्थ्ाा हुनेछ । स्थलमार्गबाट आउने पहिलो पर्यटकलाई एक दिनका लागि खाने/बस्न पूर्ण छुट हुने श्रेष्ठले जानकारी दिए । तारागाउँ विकास बोर्डका सदस्य होटलहरूले पर्यटकलाई खानमा २० प्रतिशत र अन्य शुल्कमा ६० प्रतिशत छुट दिने बताइएको छ ।

दिवसका अवसरमा ३४ संघसंस्थाले सेप्टेम्बर १७ (असोज १ गते) देखि नै कार्यक्रम गरिरहेका छन् । यसपटक दिवस 'पर्यटन र जैविक विविधता' को नारामा विश्वभरि मनाइँदै छ । होटल संघ नेपालका सदस्य होटलले दिवसका दिन लक्की ड्र गरी पाँच जना पर्यटकलाई ४ रातको निःशुल्क बस्ने सुविधा दिनेछ । त्यस्तै संघका सदस्य होटलले खानामा सबै पर्यटकलाई २५ प्रतिशत छुट दिने कार्यक्रममा जानकारी दिइयो ।

।youtube.com/v/idc3qGQ9_Cc&hl=en_US&feature=player_embedded&version=3">

No comments: