किराँत राईको वेबसाइट सार्वजनिक

काठमाडौं, आश्विन १४ - किराँत राई पत्रकार संघले तेस्रो वार्षिकोत्सवको अवसरमा बिहीबार आफ्नो वेबसाइट सार्वजनिक गरेको छ । रेडियो पत्रकारिताको इतिहासमा पहिलो उद्घोषक नारदमुनि थुलुङ र पत्रकारितकामा पहिलो स्नातकोत्तर लालध्वज देउसा राई भएको दाबीसहित उक्त वेवसाइट सार्वजनिक गरिएको हो । राजधानीमा एक कार्यक्रम आयोजना गरि सार्वजनिक गरिएको वेबसाइट किरातपत्रकारडटकम मा किरात राई जातिको इतिहास, २८ भन्दा बढी राई भाषा, संस्कृति र लेख रचना समावेश छ । कार्यक्रममा संघका अध्यक्ष पदम राई, राष्ट्रगानका रचनाकार ब्याकूल माइला, किरात राई यायोक्खाका महासचिव चन्द्रविक्रम राई, नेपाल आदिवासी जनजाति पत्रकार संघका अध्यक्ष मोहनसिंह लामा र दक्षिण एशियाली वातावरण पत्रकार संघका उपाध्यक्ष टीकाराम राईलगायतले पत्रकारितामा आदिवासी जनजातिहरुको पहुँच र यसका दिगोपनबारे चर्चा गरेका थिए । समारोहमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा संलग्न सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

No comments: