एउटा ठाउँ छ त्यहा !
जहाँ सबैले भुलेको
जुन ठाउ छ त्यहा
चकितले बनेको !!

वरीपरी सुख्खा पाखा अनी बिचमा सफा पानीको तलाउले बनेको , यो हो पुर्बी नेपालको खोटाङ जिल्लाको एक मात्र ठुलो पोखरी बाराहा पोखरी जुन पोखरी को प्राकृति हेर्दा जो कोहि ले पनि अचम्म मान्छ अनी भन्छ कसरी बन्यो होला ? यो पोखरी नजिक बन जङल छ् वारीपारी न त कही बाट बगेर आउछ पानी न त कहिले सुख्छ न त कहिले घट्छ , हुन त म पनि त्यहा गएको भनेको मात्र एक पटक गएको छु आज भन्दा १० बर्ष अगाडि !! मलाई याद आयो आज यो हाम्रो सम्पादको अनी खोजे अर्थगोगोलबाट सर्च गरी आज भन्दा एक बर्ष अगाडिको नक्समा भएकोलाई सेभ गरे जुन क्षेत्रको तस्बिर फोटोलाई हेर्नुस् त कस्तो लाग्छ ? यो पोखरीको स्वरुप यहाँ भनेको वास्तवमा खोटाङबासि सबैलाई पनि थाहा नहोला भने अरु जिल्ला बाशिलाई कसरी थाहा हुनु यहाँ भनेको बर्षको एक पटक मेला लाग्छ ठुलो बिशेषता भनेको झ्यक्रिहरुको धर्मकर्म अनी जुन पोखरिलाई दर्शन गर्न आउने गर्छ्न धेरै मानिसहरु यहाँ भनेको ठुलो एकदशीको अघिलो दिनमा सबै गाउ गाउको झ्यक्रीहरु आएर त्यहा झ्यक्री बस्ने गर्दछ म गएको बर्ष झन्डै १०० भन्दा बढी थिए झ्यक्रीहरु अनी भोली पल्ट एकादशी बिहान आ- आफ्नो तरिकाले सबै भक्तजनहरुले पन्डितबाट रुद्री पूजा पनि गर्छ अनी शान्तिको लागि भनेर ७०% ले एक जोडी परेवा जुन पोखरीको नाम गरी चडाउने-उडाउने गर्दछ ।
 |
| यो फोटो मैले सालिकराम राई ज्यूले अपलोडलाइ डाउनलोड गरी राखेको हु . |
 |
| (खोटांग बजार अनी थामखर्क एयरपोर्ट) |
 |
| (लामीडांडा एयरपोर्ट खोटांग ) |
 |
| (खानीडांडा एयरपोर्ट खोटांग ) |
 |
| (यो हो मेरो ग़ाऊ नजिक को टुवाखोला दोभन अनी तल सुन्कोशी) |
 |
| (हलेशी देबस्थालय खोटांगको धार्मिक स्थल ) |
 |
| (खोटांगको सदरमुकाम दिक्तेल ) |
No comments:
Post a Comment