मेरो जिबनको भोगाइ, सोधिरहेको छू प्रश्न म आफैलाई !!!

(खोटांग )
भाग ( १ )    छोटकरीमा  भन्दा मेरो बारेमा :- 

मेरो जन्म स्थान खोटांग जिल्लाको बतासे गा. बी. स. को वाड न . ४ खिसखामा भएको हो . 
म एउटा गाउले जिनब बिताएको मान्छे  समय समयमा म गाउ घरको दु:ख-सूख, खोले फाडो, खाएर  उकाली-ओराली घास् दाउराको भारी बोकेर हुर्किएको मान्छे हुँ.


जुन बेला म २० बर्षको मात्र थिए शायद उमेर अनी घरको परिबन्धले वा मेरो नैतीकत्ताली गर्दा मलाई आफ्नो घर गाउ छोडि कतै गएर काम गर्ने इच्छा सुरु हुन थालेको थियो साथै  मेरो दाई पनि पहिले नि मलेयसिया जानु भ्एको थियो त्यसैले मलाई पनि कुनै देश गएर काम गर्ने रहर भएको थियो शायद जुरेको हुनुपर्छ दुख गर्न  अनी मलाई उही बाट दाइको  चिनेको  साथी मार्फत मलाई पनि उतै तिर जाने मौका जुर्ला जस्तो भयो र दाइले उता बाट काठमाडौंमाफोन गरी भाईलाई राहाधानी बनाइ काठमाडौं आउनु भनेर काठमाडौंमा बस्दै आउनुहुने मेरो गाउको काकालाई भन्नु भएछ र उहाले फेरी हाम्रो घर सम्म खबर पुग्न छोटो उपाय त्यती सजोलो थिएन तर पनि  उहाले एउटा भतिजाको लागि बिदेशजाने मौका मिल्दैछ  भने जसरी पनि खबर दिनुपर्छ भनेर उहाले हाम्रो छिमेकी गा.बि.स. को ( सिम्पानी )म चाहि केही बर्ष अगाडि बाट नि फोनको सुबिधा थियो    त्यहा फोन गरी त्यहाबाट मेरो आफन्त छ  कसेरी गाउमा त्यहाँ खबर गरी मलाई उहाबाट मेरो फुफाले मलाई त्यही   रातारात गरी मेरो घर आउनु भयो र  एकदम चाडो राहाधनी बनएर काठमाडौं जानु भनेर खबर ल्याउनु भयो  मैले खोजी रहेको थिए  ,    त्यहि नि म पनि भोली पल्टको भालेको ढाकमा नि मेरो दैनिक अनी जिबनको प्रथम पाइला शिक्षालाई कहिले पनि नखुस्कने गरी ढकनी लगाएर म बिदेश जाने ठुलो आशा लिएर म घरबाट बाबु आमालाई राहाधानी (पास्पोर्ट) बनाउन भनेर पैसा मागी हाम्रो  जिल्ला खोटाङको सदरमुकाम दिक्तेल गए, जहाँ मेरो गाउले दाई पढ्दै र काका चाहि जिल्ला बिकासमा कार्यरत हुनुहुन्थ्यो
(मेरो घर ग़ाऊ तल सुनकोशी)
    म उहाहरुको सहयोगमा नै    मैले राहाधनी को फर्म भरे र बुझाए जुन बेला राहाधानी बनाउनेको घुइचो भने अति धेरै थियो  जब कि आज दर्ता गरेको ठीक एक सातामा मात्र  पाईन्छ राहाधानी भनेर मैले बहिर नि सुनिसकेको थिए      तर मेरो त त्यसो गर्‍यो भने त बर्बाद नि हुन्छ   कहिले एक साता सम्म पर्खनु मलाई एकदम चाडो भन्दा  चाडो आउनु भनेको छ काठमांडू  म मनमा गुन्दै थिए  र पनि मेरो पालो पनि आयो फार्म  बुझाउने र म भित्र पसे र नमस्कार हाने र  दिए मेरो फार्म  जुन हाम्रो कर्मचारी शाहबले मेरो फर्मलाई नहेरिकन थपक्क राख्यो    अब भयो बरबाद  !!  अनी मैले सोधे कार्यलय को भाषाले कहिले बन्छ हजूर  ?   उस्ले छिटो शब्दमा अर्को हप्ता यही  दिन आउनु भन्यो   ल अब म परे पर्साद अनी मैले अनुरोध गरे तर हुन पनि कसरी हुनु म जस्ता मान्छे धेरै छन  तर पनि अनुरोध गर्यो भने बनी पो हाल्छ की भनेर   हजूर  मेरो अलिक हतार छ अलिक अगाडि बनाइदिनुन भने      उहाले त मलाई सिधै हेरी कती मिल्छ   भन्नु  भयो   र उहाको एकपट्टी हातको सबै औउला देखाउनु भयो र भन्नु भयो एकछिन पछि पाच मिल्छ भने अहिले नी तुरुन्त  हुन्छ भने अब मैले के भन्नु म संग बाबा आमाले दिनु भएको पैसा जम्मा ३ हजार थियो त्यही पनि खोजखाज गरेर दिनु भएको  राहाधानिको लागी २५ सय त शुल्क तिरी सके  अब म संग जम्मा जम्मी ५ सय पनि बाकी  छैन कसरी दिनु सक्छु ५ हजार उहालाइ मैले फेरी तुरुन्त  !!!  एक छीन फेरी  मेरो बेरालू स्वरमा   बिनम्र गरे तर म जस्तोको   केही लागेन   म केही नबोली हेरी मात्र राखे अनी उहाले नी भन्नु भयो ओ  ... भाई के हेरेको र एउटा हात देखाउदै   यदि ५ मिल्छ     तू आज नी बन्छ नत्र भए अर्को हप्ता आउनु भन्यो अब म संग कुनै उतर नी आएन अब म बाहिर निस्कनु    बाध्य बने अनी छक्क परे अनी सोचे हाम्रो देशमा यस्ता चलन कहिले सम्म हुने होला भनेर !!    
(दिक्तेल सदरमुकाम )
     अनी म एक हप्ता बसेर नी मैले राहाधानी बनाउने निधो गरे म बसे र मैले ठीक एक हप्ता पछि बेलुकाको ४ :३० बजे मेरो नामको राहाधानी लिए अनी मेरो जीबनमा  पहिलो पटक छुन पाउदा ख़ुशी पनि लाग्यो अनी पड़दा त मेरो ठेगाना नी ठीक छैन बतासे हुनु पर्ने मा बलासे पो लेखी दिएछ खै नेपालको कर्मचारीको चाल छ  ----------- यसरी नै  बनाए !! यो प्रश्न म   आफुलाई नी सोधिरहेको छू  !
--------------********-------------------------------
भाग  (२)      म नेपाली हनुमा गर्भ गर्छु  तर नेपालीले  नेपालीलाई ठगेको देख्दा म  आफै दंग पर्छु  .....     
                                                                     यसरी बनएको राहाधनी बोकी म हाम्रो घरमा आइ फेरी आमालाई काठमाडौं जाने खर्छ अनी केही पैसा बन्दोबस्त गरी मागी आमा- बाबाले मलाई काठमाडौं पठाउनु भयो ।
अनी म काठमाडौंमा हुनुहुने काकाकोमा पुगे र उहाले सबै कुरा भन्नु भयो      अनी हामी दुबै जना जुन सम्बन्धित मान्छेलाई फोन गरी भेट्न जाने परियो जुन मान्छेले हामीलाई पुतलिसडकको नब दुर्गा पोलिक्ल्निक मा भेट्न आउनु भन्यो अनी हामी जुन मान्छेलाई भेटियो जुन ब्यक्तिको नाम रहेछ शंकर केशी घर  सर्लाही जिल्ला रहेछ    अनी जुन मान्छे पहिले नि मलेयसिया गएर आएको रहेछ अनी जुन कम्पनिमा उस्ले काम गर्‍यो कम्पनीमा   नि कामदार चहिएको ले  ऊ  नेपाल आएको रहेछ   काम  गर्नु पर्ने  रहेछ गारमेंटमा  सिलाउनु पर्ने  अनी जुन क्रममा मेरो दाइलाई भेटेको रहेछ सबै कुरा भनेछ अनी मेरो  पनि मेरो भाईलाई पनि लिएर आउनु भनेको ले उस्ले मलाई खोजी गरेको रहेछ ।
अनी सबै कुरा बुझे अनी  काम पनि कहिले नगरेको भए पनि गर्छु भने  त्यही मामुलाको कुरा जान सुन्न पाए अनी उस्को सर्त थियो ३ महिना सम्ममा हामी त्यहा काम गर्न पुग्नु पर्छ पनि भन्यो     म पनि हो न हो दाईले उता बाट बुझेर नि पठाएको राम्रो नि होला भनी विश्वाश गरे  म ख़ुशी भए बिदेश जानु पाईने  भयो भनेर अनी उस्ले पैसाको लागी पनि  भन्यो जम्मा ७० हजार  मात्र  हो        १५ हजार चाँही अहिले नि मेरो यो कामहरुको  लागि चाहिन्छ  भने र म पनि त्यती दिन मन्जुर भए  अरु बाँकी के कती हामी सँगै काम गर्ने भईहाल्छ अनी तिम्रो दाई पनि छ भन्यो अनी मैले १५ हजार दिए ऊ पनि ख़ुशी म पनि ख़ुशी भए बिदेश जान पाइनेभयो भनेर   अनि उस्ले भन्यो आज जाडो छ चिया कफी पिउन जाउ भन्यो  हामी दुबै जना मक्ख पर्दै  उस्को पछाडि लागियो , अनि चिया पिउदै फेरी त्यही कुरा पनि गरियो अनि उस्ले भन्यो अब दिल हामी २,३ बर्षको लागि बिदेश गईन्छ घरमा सबैलाई भेटेर आउनु भन्यो हो न हो मलाई पनि त्यस्तै भएको थियो  एक  त   राइको छोरो सोझो  भनेको कुरा पनि मानि पनि हाले हुन्छ भने  --   अनि केही दिनमा नि म हाम्रो घर खोटाङ लागे अनि सबै कुरा भने गरे घरको सबैलाई  अनि म २ महिना पछी फेरी काठमाडौं आए अनि उस्ले पनि आउनु भनेको थियो अनि उसलाई  सोधे कहिले हुने भयो त भनेर सोधे हुन्छ हुन्छ भन्यो अनि यस्त दिनहरु मैले आज होइन भोली  होइन धेरै बिताए  म काका अनि फुपुकोमा बिदेश नगईजाल सम्म भनेर बस्दै आएको र उस्लाई भेट्ने क्रम पनी दिनहु भएको फुपु हुनुहुन्थो जरिबुट्टीमा र म पनि त्यही  बस्थे     अनि मैले धाउनु पर्ने पुतली सडक हुँदा हुँदा मेरो त आउनु जानु गर्दा गर्दै बस भाडा ले नि पैसा खतम  नी बनाइ सके छू  अन्नी जुन मान्छेलाई भेट्नु त ५ मिनेट जती हो अनि उस्ले पनि  आउँदै गर्नु भन्थियो मेरो काम नी उसलाई भेट्नु अनी उसलाई भेटी सके पछि कहिले

रत्नपार्क  अनी टूडीखेल मेरो २००२ को मंसिर पौस को घाम ताप्ने ठाऊ
रतन पार्क कहिले   टुडी खेलमा गएर घाम ताप्नु सिबाय अरु केही थिएन        अनी बेलुकी भए पछि रूम मा जाने क्रम गर्दा गर्दै मैले बर्ष नी   बिताए  र पनि मेरो बिदेश जाने बाटो कहिल्यै  खुलेन  !!  ती दिनहरु  सम्झदा कस्लाई सोध्नु र  म आफैलाई प्रश्न गर्ने गर्छु  !     

भाग ( ३ )     यसरी कती धाउनु बिदेश जाने रहर या घरको समस्या :-
                              यसरी जुन क्लिनिक अनी रूम धाउदा धाउदै मेरो लागि एउटा खबर आयो   आखिरमा म एक त गाउले मान्छे अनी राइको छोरो दिन बित्दै थियो  एक दिन    काकाकोमा कसैले फोन  गरेछ   तर नाम सोधेंन छ अनी उस्ले भनेन छ    जुन फोन उठाउने मान्छे पनि जुन घरको काम गर्ने मान्छेले उठाएको रहेछ   उस्ले पनि काकालाई भनेछ दिल भन्ने तपाईंको आफन्तको आमा  गाउमा एकदमै सिकिस्त  बिरामी भएको छ रे अनी आमालाई बोकाएर गाइघाट झार्दै छ रे उपचार गर्न  त्यसैले दिल जसरी पनि जानु रे गाइघाट सम्म लिन आउनु  भनेर काकालाई भनेछ   अनी  मलाई पनि काकाले तुरुन्त फोन गरी हाल्नु भयो र त्यस्तो खबर सुनाउनु भयो अनी मलाई एक दमै हतार भयो   आमालाई लिनलाई जुन दिनको  बेल्का काठमाडौं देखी गाइघाट्को रात्री बसको  टिकाट काटी बाटो लागे जुन बेला मलाई मात्रा थाहा छ् के-कसरी यात्रा भयो भनेर मन भरी कुरा खेलाउदै आमालाई गाउबाट कहाँ ल्याउदैछ् के भयो केही थाहा छैन के गर्नु फोनको सुबिधा केही छैन म आँफैलाई धिकार्दै अनी आमाको याद गर्दै मेरो बिदेश सपना त कहाँ गयो२ मात्र आमाको कल्पना दुब्दै रात भरिको यात्रा पार गरी बल्ला गाइघट पुगे बिहान् ६ बजे   त्यहा  ल्याइसक्नु भयो कि भनेर सबै आफन्तको मा गएर सोधे कसैलाई थाहा छैन  पक्कै पनि बाटो तिर कता आउँदै हुनुहुन्छ भनेर बाटो तिरै भेट्छु भन्दै  त्यहा पछी म अब खोटाङ तिर नि बाटो लागे तर हिन्दै जादा कतै भेटिन सबैलाई सोध्छु कतै तपाईंहरुले बिरामी मान्छेलाई बोकेर आउँदै गर्नु भएको भेट्नु भयो भनेर तर कसैले भेटे भन्दैन हुँदा हुँदै म मेरो गाउ पुग्नु भन्दा नजिक टखोला भन्ने खोला छ त्यहा बाट उकालो चाढदै थिए जुन बेला गाउको एक जनालाई भेटे धानमा पानी लगाउन झरेको रहेछ र मैले हतार२ सोधे हाम्रो आमालाई के हुँदै छ भनेर उस्ले भन्छ ठट्टा गर्दै  किन काठमाडौं बसेको आमाको याद आयो कि पैसा सकियो घरबाट लगेको अनी फेरी लिन आएको भनेर पो झन मलाई नि पो सोध्छ हाँस्दै,,,,,,, र मैले सबै कुरा सुनाए जुन बेला पो उस्ले भन्छ म भर्खर हिजो मात्र तिम्रो घरमा गएर आएको सबैलाई सञ्चै छ्   पो  भन्छ , अनी मैले साँच्चै हो त भन्छु हो भन्छ अनी बल्ल मेरो मन शान्ति भयो अनी ढुक्कले खुशीको श्वास फेरे अनी बिस्तारै उकालो लागे अनी बेलुका घरमा पुगे सबै घरको परिवार स-कुशल हुनुहुदो रहेछ    अनी  उहाहरु  पो  दङ  पर्नु  भयो खबर नि नगरि एक्कसी घरमा देख्दा उहाहरु चाँही  छोरा दाई बिदेश गइसक्यो भन्ठानु भएको रहेछ म त घरमा पो अनी   सबै  कुरा भने त्यति बेला पो मेरो दिमागमा सोच्न थाले मलाई कस्ले यसरी ठग्दै छ  भनेर....................................................
अनी मलाई जुन बेला मेरो सन्कै सन्काको जालो भयो कस्ले मलाई यसो गर्दैछ भनेर हुन त मेरो आमाले भन्नु हुन्थियो सधैं  सत्रु खोज्न  टाढा जानु पर्दैन भन्नु हुन्थियो घरै हुन्छ अब  म कस्लाइ पो आरोप लगाइन होला मन मनबाट तर त्यसरी नहुने रहेछ ,आखिरमा मेरो कर्ममा नि यस्तै हो रहेछ भनेर म बिस्तारी२ मनलाई निचोर्दै मेरो मनमा नि अटाएर राखे कसैलाई दोश  दिन छोडे अनी घरमा नि बसे एक महिना जती  उता  मेरो बिदेश जाने रहर पनि त्यतिकै छ था छैन के हुँदैछ जुन मेरो गाउमाबाट फोन गर्न पर्दा सिम्पानी या बलाम्ता जानु पर्थियो नजिक भनेको त्यहा नि हो त्यहाँ जान पनि झन्डै आधा दिन जान्छ   हाम्रो गाउ नजिक फोन  थिएन      उता   जुन बेला हाम्रो नेपालमा माओबादि पार्टीको खुब चहल पहल थियो अनी गाउको युवाहरुलाई उनिहरुको समर्थक बनएर लडाईंमा लान थालएको थियो   त्यसैले गाउ बस्न पनि त्यती सजिलो थिएन ।   हाम्रो देशको म जस्तो युवा बिदेश पलायन हुन वाध्य पनि  भएको हो ।    जुन दिन म घरगाउको चलन अनुसार म दैनिक काम गर्दा गर्दै हाम्रो गाउ भन्दा माथिलो गौउमा पुगेको थिए जुन बेला मेरो जिबन कस्तो अचम्म भयो जुन गाउमा त माओबादी बन्दुकधारी साथीहरु पो १५ , १६ जना आयो ति मध्ये मैले चिनेको साथी पनि पो रहेछ अनी भन्छ ल दिल कम्रेड अनि हात मिलाइयो  त्यसै त मलाई डर लागिरहेकोछ झन झन्डै मेरो हात नि चुडियला झै गरी झट्करो म त छक्क परे अनी भन्न थाले   आज हामी  तपाईंहरुको गाउमा आएको यहाँ पनि  सोसक् अनी समान्ती भएको हुँदा यस्तो समान्तिको नाश गर्दै हामी उत्रको हो भन्छ अब हामी भेट भइयो सहयोग  गर्नु पर्छ भन्छ को हो त त्यसो हाम्रो गाउमा भन्ने सोच्न थाले कोही छैन हामी त यो गाउमा  सबै उस्ता उस्तै हो भने पछी उनिहरुले नि नाम भन्यो म त अब के गर्नु के नगर्नु भयो म छ्क्क  परे अनी उनीहरु त्यहा बाट जुन घर तिर  लागे आउनु है भनेर त्यहाँ पछी के-के गरे मलाई थाहा भएन म त   गाउँ नि बस्न नहुने जस्तो भयो त्यसैले म अनी गाउको सिताराम राइ दाई सँग उहाको ससुराली उदयपुरको लाकु भन्ने ठाउमा थियो हामी त्यही बेलुक उहाको श्रीमती लिन जाने निहु र म चाँही बलम्ताबाट फोन गर्ने निहुमा हामी बेल्का उदयपुर तरियो  तर मन भरी त्रस अनी ढुक ढुकी लिएर के- के होला भनेर अनी हामी त्यो रात जुन दाईको ससुरालीमा बास बसी वारी छ हाम्रो गाउ भा केही भयो भनेर घरी२ गाउ हेर्छु अधेरोमा आखिर मा टाढा भएकोले केही देखिन्न (यो समस्या आउदा आज म सोधि रहेको छू प्रश्न म आफैलाई किन यस्तो गरेको होला भनेर आखिर अहिले आएर पनि नेपालको समस्या जस्ताको तस्तै छ)  यो सबै मेरो जीबन को पानाहरू हो ! 
भाग ४     बार्गेनिग चल्यो ...अनी लागिने भइयो सररर ... प्लेनमा   बिदेश
                                                             म अनी जुन दाई दुबै जना फोन भएको ठाउँ बलाम्तामा गइयो अनी मैले कल गरे काठमाडौं मेरो कामको बारेमा सोधे एजेन्टलाई उस्को प्रतीउतार आयो दिल तिमी कहाँ गएको चाडओ भन्दा चाडो आउ भिसा आयो पो भन्छ मैले पनि खुब सिपालु भ्एर मुर्ख बनाउनु बिचार गरे अनी भने दाई म त हिजो मात्रा यहाँ गाइघाटमा आएको साथीहरु सँग भने ल ल म आजको नाइटको बसमा नि आउछु भने र राखे फोन अनी पनि अलिक खुशी भएर लागे घर र भोली पल्ट नि घरको सबै जना सँग बिदा लिएर लागे काठमाडौं !        भोली अनी पुगेर सबै कुरा हेरियो भिसाको बारेमा जने सम्म तर मलाई के थाहा कुन भिसा कस्तो हुन्छ भनेर तर पनि जाने झै गरेर हेर ठिकै लाग्यो हो नि भने अब कहिले जाने त भनेर सोधे उस्ले भन्यो सब ठीकठाक भएको छ अब पैसाको चाहिएको छ भन्यो अनी म जस्ता १६ जना पनि सबैको झोलितुम्रो लिएर आइसकेको रहेछ ।       अनी   मेरो पैसाको बारेमा खुब बार्गेनिङ चल्यो उस्को र मेरो तर मैले सबै पैसा दिने मन पनि थिएन र पैसा पनि थिएन त्यसैले खुब भयो रमाइलो उस्को र मेरो अनी अन्तमा भयो सहमती ७० हजारमा त्यही पनि १५ हजार चाँही बाँकी उतै गएर दिने बमोजिम र मैले त्य बाँकी रिन बोकेर जाने निधो भइयो र हामी सबै जना                      
त्रिभुवान अंतरास्ट्रीय बिमान स्थल काठमांडू
                                      अनी लागियो अन्त्रराष्ट्रिय बिमानस्थल जहाँ पुग्दा डर पनि अली2 लागि रहेको थियो अनी  पहिलो पटक प्लेनमा उड्दा कस्तो होला भनेर खुशीको आनुभब पनि मनमा कल्पी राखेको थिए अनी सबै कगगजात ठीक्क पारेर सबैलाई दियो अनी एउटा श्रम मन्त्रालयको इजाजतपत्रको सक्कल चाँही तिमी बोक भनेर मलाई दियो छिरियो भबन भित्र अनी एजेन्ट भन्थियो भित्रबाट कल गर्नु है भन्दै उस्ले रामरी काम गर्नु भन्दै बाइ भन्यो अनी भित्र गए पछी एरपोर्ट चार्ज तिरी अनी  हामीले सुरक्षा जाच गर्न गर्न लाइनमा बसियो त्यहा हुँदा हुँदै कोही चाँही माथि गएर पनि इमिग्रेसन मा पुगी सके छ म पनि हतार२ मेरो झोलोहरु लगेजमा हाली म पनि गए माथि  सबै कुराहरु ठीक्क पारी लाइनमा  बस्न जादा याद आयो  एजेन्टले भन्थियो त्यहा पुगेर  छुट्टा छुटै लाइन बस्नु भन्थियो अनी मैले त्यसै गरी मेरो साथीहरु नभएको अरुहरु नि  बसेको  छुट्टै  लाइनमा बसे अनी चेक गर्ने पालो  मेरो आयो अनी सबै कुरा चेक् गर्दै जाद श्रममन्त्रालय इजाजतको पत्र  कगजमा गएर मलाई सोध्न थाल्यो   तिमी कुन मेन्पवरबाट आएको  अनि को हो एजेन्ट भन्छ ?    अब मैले त एजेन्टले सिकएर  सबै भने   तर यो सब चोरी काम गरेर हामीलाई फठाउदै रहेछ एजेंटले  हामीलाई के थाहा      जुन हामीले श्रममन्त्रालय इजाजत पत्र त त्यहा पठाएको छ तर  हाम्रो लागि नभई अर्कै कोही अरुहरु  गई  सकेको रहेछ मेन्पावर चाँही एउटै हो रहेछ  श्रम मन्त्रालयको कागज  पत्र मात्र नबनाएको  रहेछ हाम्रो लागी यो काम  यसरी बनाएछ कि जुन मेरो एजेन्ट्ले पहिले नि गएको कामदारको एक कपी श्रमको इजाजत पत्र उस्ले पाएको रहेछ अनी त्यही पत्रलाई उस्को आफ्नो दिमागले दिए सम्म गरेछ जुन श्रमबाट दिने इजाजत पत्रमा सही गर्ने ब्यक्क्तीको  सही   मात्र  उढाएर अर्को सही गरी बनएको  रहेछ अनी त्यहिलाई कपि गरी  हामी सबैलाई बाढेको रहेछ जुन सक्क्ली भनेर बोक्ने चाँही म थिए  अनी जुन श्रमको कागज पनि जुन टेबलको एक साइडमा टासी राखेको रह्र्छ त्यसैले जुन १७ जनाको भिसा ठीक छ तर मात्र सही नमिलेको करणले अनी जून १७ जना बेदेश गइसकेको रहेछ फेरी त्यही नाममा पठाउने धोको रहेछ मेरो एजेंटलाइ  जून कुरा पर्दा पर्दाफास भयो  अनी म लगायत सबै जनालाई रोके अनी तिमीहरु कतिजना हो भने सबै त्यही उभिराखेको थियौ सबैलाई रोके  अनी हाम्रो यात्रा त्यहा सम्म मात्र भयो   अनी सबै जना दांग पर्दै तल झरियो   अनी हाम्रो झोला झोली पनि प्लेनबाट  फिर्ता गरी दियो  अनी बाटो लागियो फेरी नेपाल  त्यति खेर त टेक्सीले   पनि हेरेन हामी  सबैलाई अनी  तल चोक सम्म सबैले कसैले झोलों बोक्दै कसैले तान्दै अनी त्यहाबाट एजेंटलाइ  फोन गरियो  उनिहरु त   हाम्रो जाने प्लेन गएको देखेछ अनी उनीहरू मख पर्दै रेस्टूरेंटमा   गएर मस्ति पो गर्दै रहेछ हामीले फोन गरियो  हामीलाई फर्कायो भनेर त्यति बेला टाउकोमा हात राख्दै हामी भएको ठाउमा आयो अनी   लो लो जाऊ भन्छ  तर कहा जाने ३ टेक्सी बोलाएर   सबैलाई खादे अनी उतारो गौसलाको चोकको  नजिक एउटा पशुपति गेस्ट हाउसमा  लौऊ बर्बाद अनी हामी सबैले आ-आफ्नो तरिकाले धमकाउन   थालियो  उस्को त होश  नी  जाला जस्तो भएको थियो सबैको भनाईले   अनी उस्ले पनि बाटो ततायो यहाँ सबै मैले कुरा गरी सकेको छू खाना खानु तल रेस्टुरेंटमा    अनी यहाँ बस्नु  म चाडो ब्यबस्था मिलाउछु कही पनि नजानु भन्यो   अनी ऊ त बाटो लाग्यो त्यहा बाट       भोली बिहान आउछु भनेर अब हामी १७ जना ३ रूममा   मिलेर सुतियो  !   
गौसलाको गेस्ट हॉउस

अनी हामी सबैले रात भरीमा उपाय रचियो  अनी  उनी  पनि  उस्को भनाइ झै बिहानी आयो अनी भन्यो आज मैले  जसरी पनि हाम्रो श्र्र्मको कगजात बनाएर ल्याउछु भन्यो अनी  उस्ले सबैलाई चियाहरु किनिदियो ,    उनी फेरी लाग्यो अनी हामीले कुरी राखियो त्यो दिन भर तर    त्यती सजिलो गरी कहाँ बन्दो रहेछ       फेरी बेलुकी त उस्ले झन नयाँ उपाय पो लिएर आएछ  अनी  हामी सबैले एक मुख भएर भनियो कहिले हुन्छ त भनेर कराइयो अनी उस्ले भन्यो अब हामी सबैले सल्लाहा अनुसार गर्नु पर्छ यो भनेको हाम्रो दुर्भाग्य हो त्यसैले म तपाईंहरुलाई जसरी पनि पुराउछ भन्यो अनी उपाय सुनायो यदी नेपालबाट नी उढ्ने हो भने अलिक समय लाग्छ नत्र इन्डियाबाट जाने हो भने म तुरुन्त पठाउछु भन्यो अब फेरी मलाई डर लाग्यो पहिले मेरो दाईले भनी सकेको थियो इन्डियाबाट ल्यायो भने नआउनु   भनेको थियो र मैले भने यदी उता बाट लाने हो भने म जान्न भनी हेरे तर नगइ  भएको छैन उता दाईलाई कल गरु त कसैलाई केही नभन्नु भनेको छ् त्यसैले म पनि एक्लो छैन एत्रो साथीहरु छ् डर छैन भनेर आट कसे   सबैको सर-सल्लाह अनी मन्जुरी भयो इन्डियाबाट नी उड्ने , अनी लागियो जुन गेस्ट हाउसबाट नयाँ बसपार्क गोबुङ तिर सयम्भु यातायातबाट अनी नयाँ बस पार्कबाट रात्री बस सुनोउली सम्मको टिकेट लिइयो साथमा जुन एजेन्टको साथी हामी सँग पठायो उनी त प्लेनबाट आउने रे   अनी हामी चाँही  लागियो उस्त उस्तै १७ भाई रात्री बस बाट मलेयसिया सरर र,,,,,,    
 
अनी भोली पल्ट बिहान ७ बजे पुगियो नेपाल भारतको सिमाना सुनोउली अनी नेपालमा नी नेपाली पैसा र इन्डियन पैसा साटियो अनी बोडर पार गरियो त्यहाबाट सिधा नयाँ दिल्हीको बस पाइदो रहेछ बस पनि प्राइबेट र सरकारी रहेछ , हामी त परियो सस्तो चाँही त्यही कालो२ खटेरा बस सरकारीमा अनी हाम्रो यात्रा सुरु भयो त्यसरी गूड्दा गूड्दै हामी बल्ला भोली पल्ट्को १ बजे मात्र इंडिया दिल्ही को बस पार्कमा पुर्‍ययो अनी हामीले त्यहा बाट पहाडगन्ज को एक गेस्ट हाउसमा पुगियो सबै छ्क्क छ म पनि छक्क छु अब के गर्ने हो भनेर नेपाल म भएको भए केही त गर्न सकिन्थो तर अब यहाँ सब उस्कै शासन चल्छ अनी त्यती बेला मेरो मनमा आयो आफ्नै पैसाले आँफै बेचियो भनेर ,,,,,, अनी त्यसरी नी बसियो सुतियो जुन रात अनी भोली पल्ट शंकर पनि आयो प्लेनबाट अनी उस्ले टिकेट खोज्न थाले चिने जानेको ट्राभल तिर दिन भरी हराउ छ् अनी बेलुका आउछ अनी फेरी राती अन्तै जान्छ सुत्न अनी आएको बेला  दिन्छ सबैलाई  खाना खानु ४० रूपया   ! 
                                                         यसरी त्यहा पनि दिनहरु बिदै गयो तर हामीलाई मलेयसिया पठाउने टिकाट नी मिलेको छैन भन्छ बित्यो १ हप्ता र पनि भएको छैन भन्छ अब त चाँही हामी सबै रामरी नी फसियो भन्ठानियो अब नेपाल जाउ त टिकाटको लागि पैसा नी छैन उता पनि पठाउदैन अब के गर्ने भनेर उपाय पो मैले त रच्न थालेको थिए त्यही भाग्य बश १४ जानको मिल्यो भन्छ बा अब भने अलिक शास आउँला जस्तो भयो ९ दिनको बिच्मा १४ जना गयो मलेयसिया तर फेरी म लगायता ३ जनाको मिलेन अब फेरी के गर्ने अब भने मलाई राई  झोक आयो है कही  नभएको गाइजात्र गरे जुन गेस्ट हाउसको रूममा अनी उस्को साथीले मलाई फकाउने सम्झाउने प्रयासमा मलाई उसकै कोठामा लग्यो अनी मलाई पनि अलिक कुल भयो अनी जुन शंकर र उस्को अर्को साथी पनि आयो कहि नभएको जात्रा लिएर उनिहरु त १४ जनालाई पठाए बापत पार्टी पो गर्ने रे अनी टन्नै माछा मासु अनी महँगो२ रक्सी लिएर आयो जुन साथीको रूममा म चाँही जुन बेला बिएर मात्र पिउथे र मलाई पनि २ वटा बिएर लिएर आएछ अनी रात भरी उस्को रूममा बसियो खाइयो अनी उनिहरु मात्दै गयो मलाई त २ वटा बिएर त्यही पनि एकजानाको खुट्टाले छोएर बोतल नी ढल्यो अनी बाँकी थियो एउटा जुन मैले पिय रिस उठ्दै  उनिहरु त उभिन नसक्ने  गरी पियो अनी मैले सोधे सबै कुरा अनी उस्ले पनि भन्यो सबै कुरा मलाई भन्यो बाँकी १५ हजार नदिनु भन्यो मैले तिमीलाई धेरै ढिलो गरे बापद भन्यो अनी मातेको बेला मैले सबै कुरा बुझ्न पाए उस्ले पनि जानी नजानी गरेको हो रह्र्छ एजेन्टकाम अनि केही नलागे पछी मान्छेलाई झुक्यौनु पर्दो रहेछ भाई भन्यो आखिर उ र सँग सँगै हिड डुल गरेको पनि २ बर्ष नी भाईसकेको थियो उस्ले मलाई पहिले नी भन्थियो तिमी पनि नजाउ मान्छे खोज म तिमीलाई कमिसन दिन्छु भन्थियो तर मलाई मन थिएन त्यस्तो काम यस्तो कुरा हामी बिच भाईरहेको नी हुन्थियो त्सैले उस्को बारेमा मलाई केही चाँही  थाहा थियो र नी मेरो बारेमा पनि उस्लाई अनी मलाई १४ जनाको ग्रुपमा नी नाम थियो तर मैले तिम्रो नाम निकालेको भन्यो अनी मैले सोधे किन ? उस्ले भन्यो ३ जना उस्त उस्तै भएको करणले उनिहरुलाई एअरपोर्टमा गर्हो हुन्छ भनेर तिमीलाई रोकेको हो भन्छ म पनि ठिकै छ भने अनी सबै कुर गर्दै जादा फेरी मन मिली हाल्यो  त्यो त्यसरी नी बित्यो अब हामी भोली बिहान् नी फेरी मेरो २ साथी भएको ठाउमा गइयो अनी टिकट मिल्यो भोली जाने भनेको ले उनिहरु पनि खुशी भए  अब हाम्रो  पनि ११ दिन को पर्खाइमा टिकट मिल्यो को छ अनी मेरो पनि अब त्यहा धेरै बसै छैन अनी म पनि खुशी नी थिए ।
baki chha                                              


No comments: