हामी नेपाली हाम्रो नेपाल

रचना  ....   
देश बिग्रिदैछ अहिले जनताको कारणले नि गर्दा,
तर राष्ट्र चलाऊने नेताहरुले होइन !
नेताहरु कुर्सीमा पनि पुगे अनी पुग्छन् ,
जनताहरुले नि पुराइएको हो आँफै पुगेको होइन ! 
त्यसैले देश चलाऊन खोज्ने नेताहरुलाई दोश होइन,
हामी नेपाली जनताहरुले अब सचेत हुनु पर्ने छ !
नेताहरुले देश बिगार्यो भनेर अनेक थरी गर्ने होइन ,
हामी जनताहरुले राष्ट्र नेताहरुलाई मात्र छानेर माथि पठाउनु पर्दछ !
              ****************
 
अब हामी नेपाली दाजुभाई नि लडाई गरेर मात्र हुन्न 
हाम्रो देश नेपाल हामी नेपालीको हो भनेर गर्भ गर्नु पनि पर्ने छ !
यदी हामीले नेपालको अस्थित्यलाई बुझिउन भने ,
हाम्रो देश कसैले मलम लगाइ मालिस गरी उसैको बनाउने धोको  छ 
त्यसैले अब हामीले जन्म भुमी सम्झेर 
नेपाललाई हाम्रो योग्दान दिने तिर लागौ !
नेपालको लिने होइन नेपाललाई दिने भनेर 
अनी हामी सबै जनता एकबद्दता भएर देशमा बिकास गरेर देखाऔ !
             *************
अब नेपालको युवा शक्ति बिदेशमा होइन ,
हामी आफ्नै देशमा बसेर पसिना बगाउ !
बिदेशको डलरमा आँखा लगाएर बिदेश पलायन हुने होइन ,
हामीले हाम्रो देशमा नि आफ्नो आस्थित्व अनी इमन्दारी देखाउ ! 
त्यसैले दुई पैसाको लोभले बिदेशी अंकलको गोठालो बन्नु बाट जोगिऔ  ,
यदी दु:ख गरे पनि आफ्नो देशमा प्रफुल्ल साथ परिश्रम गरी आफ्नै घरमा रमाऔ  !  






  ( दिल राई )
खोटाङ बतासे -४ खिसाखा  

No comments: