फेब्रुअरी १४ भ्यालेन्टाइन डे

प्रत्येक फेब्रुअरी १४ गते विश्वभर नै भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस मनाइने गरिएको छ । यो पर्व पादरी सेन्ट भ्यालेन्टाइनको सहादतसँग सम्बन्धित छ । तत्कालीन रोमन सम्राट् क्लाउडियस द्वितीयले युवा प्रेम र विवाहतिर लागे सैनिक सेवा प्रभावित हुन्छन् भन्ने ठानेर यसलाई प्रतिबन्ध लगाएका थिए । तर भ्यालेन्टान भने सम्राट्को निर्णयलाई धर्मविरुद्ध भन्थे । उनको बुझाइ थियो- अनुशासनको दायराभित्र हुने प्रेम र आकर्षणमा ईश्वर पनि खुसी हुन्छन् । त्यसैले उनले राजाज्ञा अवज्ञा गर्दै प्रेम र विवाहका लागि प्रेरित मात्र गरेनन् युवायुवतीका जोडीहरू तयार पारी सार्वजनिक स्थलमै सामूहिक विवाह कार्यक्रम सम्पन्न गरे । निषेधाज्ञा तोडेको आरोपमा उनलाई ई. पू. २७० को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो । प्रेमका लागि प्राण उत्सर्ग गर्ने उनै पादरीको सम्झनामा भ्यालेन्टाइन डे मनाउन थालिएको हो । विश्वभरि नै यस दिनलाई उत्सवको रूपमा मनाउने गरिन्छ .




त्यसै गरी नेपालमा पनी अहिले धूमधाम संग मनाऊन थालिएको छ  धेरै जसो स्कुलको बिद्यार्थीहरुले यो प्रेम दिबशलाइ बढ़ी चासो राखेको छ अहिलेको नबयुवा प्रेमी प्रेमिकाहरु बिच मलाई चाही यो कुरामा प्रतिबादी प्रति कुरा राख्न मन लागेर आएको छ 
१ , नया प्रेमी -प्रेमिकाहरुको लागी खुशिको प्रेम दिबस दिन  
२, त्यसै गरी  त्यही जोड़ी पछि गएर बिछोड भयो भने उनिहरुकोलागी स्मरण दिन
३,कति को चाही जून दिन देखि सुरु हुने दिन 
4, तर हुदै नहुनेको लागी चाही इर्षाको दिन 
५, अझ कतिको त भएर पनी संसार बाट छाडिसकेको  छ भने आशु झार्ने दिन भन्न मिल्छ भन्नु सकिन्छ 

 त्यसैले संपूर्ण प्रेम-प्रमीका संग प्रेममा अंधो भएर होइन नबा युवा साथिहरु आखा खोलेर एक अर्कालाई माया गरागर गर्ने बानी गर्नु  राम्रो होला  एक आपसमा कसैले नजिकको यात्रा टाढा नहोस पछि गएर जो-जस्ले जस माथि आत्मा बिस्वासमा चोट नहोस  ,,,,, मोठो पछि तितो पनी आउन सक्छ र तितो पछि मिठो पनी आउछ सबैले मायामा माया गर्नु भन्दा पाहिले बिचार गरेर पाइला सार्नू राम्रो हुन्छ  त्यसैले यो  फेब्रुअरी १४  लाइ स्मरण राखौ ह्यप्पी  भ्यालेन्टाइन डे अल अफ यू 

No comments: