प्रियसीलाई मेरो अन्तिम पत्र!

संगम असफल मेरी ह्रदयकी ढुकढुकी P! अबिरल मायाका बर्षाहरु तिमीलाई, असिमित मायाका सौगातहरु तिमीलाई, अनि अटुट सम्झनाका लहरहरु तिमीलाई साथै अम्मर अजम्बरी मायाका कोसेलीहरु तिमीलाई मात्र तिमीलाई मेरो प्राणको अन्तिम क्षण सम्मपनि। P सर्बप्रथम तिमीबाट माफी चाहान्छु किनकि तिमीहरुबीचको मायामा तगारो बन्न आए। सायद तिमीलाई मैले एउटा सच्चा प्रेम अटल प्रेमीको अनुभुति दिन सकिन होला। त्यै भएर पनि हुनसक्छ तिमीले नयाँ संसारको सिर्जना गरिरहेकी छौ तिम्रो यहि नयाँ संरचनाले गर्दा बाध्य भएर तिमीबाट टाढा हुनु परेकोमा मलाई ज्यादै चिन्ता लागिरहेको छ। सक्छौ भने तिमीले संरचना गरिरहेको नयाँ संसारलाई चाहि दया राखि मलाई जस्तो जिउनु मर्नुको सँघारमा पुर्याउने प्रयत्न नगर्नु है ल।(P)

(P)जीबन भनेको यस्तै रहेछ संघर्ष गर्ने क्रममा हरेक बाधा-अड्चन्,दुख-पिडा, आरोह्-अबरोह आइपर्ने रहेछ। नचाहदा-नचाहदै पनि अनेकौ उकाली-ओरालीसँग सामना गर्नुपर्ने रहेछ। अतितका ती दिनहरुमा चाट गरेका रमाईला क्षण साथै फोनमार्फत भएको मिठो बार्तालाभ अनि अमृतभन्दा मिठो माया प्रेमका कहानिहरु गफहरु एबं त्यै मिठा-मिठा माया प्रेमका गफहरुलाई सुनमा सुगन्ध थप्नका निमित्त गरिएका एकआपसी स्वीट किसहरुका रमाईला क्षणहरु कति रमाईला थिए तर आज अचानक नदिका दुई किनरा सारि तिमीबाट सधैका लागि धेरै टाढा वालुवै-वालुवाले ढाकिएको मरुभुमीजन्य उराठलागदो ठाउँमा यो खाडी मुलुकको तातो हावा 50/55 डिग्रीको घामसँग निस्सासिएर अतितका त्यो तिम्रो न्यानो माया अनि मिठो सम्झना रातभरि हामी दुबैका नयनहरुलाई जागरम गर्दै फोनमा गरेका मिठा-मिठा गफको कल्पनामा पुन डुब्दै आफ्नो प्रेमपिडित मरेतुल्य शरीर जिउन बाध्य भएको छु। बिछोड हुदाको पिडा कति घातक हुदोरहेछ अनि तिनै अतितका यादहरुले कति सताउदो रहेछ साथै जीबनमा कल्पना गरेका सपनाहरु चैत्रको हुरीलेझै उडाएर लैजादोरहेछ। मलाई के थाहा अतितका पलहरु कहिले फर्केर आउन सक्दैन भनेर किनकि तिम्रो झुठो मायामा पागल भइसकेको थिए। त्यसैले यो छिया-छिया भएर टुक्रिएको मेरो मुटुमा तिम्रै माया ममता अनि सम्झनामा भाग्यले साथ दियो भने मान्छेको रुपधारण गरि जन्म लिएभने अवश्य अर्को जन्ममा चाहि तिमीसँग भेट्ने सदैब तिमीलाई आफ्नो अँगालोमा बाँधी जनम-जनमभरिका लागि तिमीलाई आफ्नो बनाउने पुर्ण आशा भरोसामा मरेतुल्य शरीर लिई बाचिरहेको प्रवासी संगमको तर्फबाट तिम्रो सु-स्वास्थ्यको दिर्गायु एबं प्रत्येक पाईला-पाईलामा सफलताका कामना प्रकट गर्दै उनै दयालु भगवान् श्री पशुपतिनाथसँग दुई हात दश औला जोडि यस्तो प्राथना गर्दछु कि सारा दुख,कष्ट,पिडा,बाधा-अड्चन्,पिर-ब्यथा बेदनाहरु सबै मेरो भागमा पारिदिनु भनेर किनकि मेरो P को लागि जस्तोसुकै पिडाको सामना गर्न पनि बिबश हुनेछु।

प्रिय P मलाई माफ गरिदेऊ जुन ईच्छा, चाहनाहरु सपनाहरु बोकेर मैले तिमीसँग हामी दुबै जनाको दुई मुटुलाई एकै मुटुमा परिणत गरि माया गाँसेको थिए तर आज ती आशा सपनाहरु मेरो मन मस्तिष्कबाट नै चकनाचुर गरायौ अनि मलाई अर्थहीन जीबन जिउन बाध्य गराएउ। P अब मलाई बाच्नुको अर्थ नै छैन जस्तो लाग्छ। त्यसैले जास्ता हजारौ युबाहरुले यस्तो बिछोडको पिडा सहनु नपरोस् आफ्नो चोखो निश्छल माया ममतालाई सही ढंगमा सदुपयोग गर्ने मौका प्राप्त होस भन्ने आशा बिस्वासकासाथ सम्पुर्ण युबाहरु तथा युबतीहरुमा यस पत्रमार्फत सन्देश दिन चाहान्छु। कुनै केटा वा केटीका झुठा आस्वासन क्षणिक माया जालमा फसिने प्रयत्न नगर्नुहोला सकभर राम्रो सोचबिचार वा आफ्नो बुवा-ममीमार्फत चुनिएको ब्यक्तिसँग सदैब साँचो चोखो अजम्बरी माया गर्दै तपाईहरुको दामपत्य जीबन सुखी, खुशी सुखमयपुर्बक बिताउने कोसिस गर्नुहोला। जे होस तपाईहरु दुबैको दामपती जीबनलाई बिछोडको पिडामा मा नपार्नुहोला। जसरी अहिले त्यसको पात्र बनेको छु।

प्यारी P बिछोडको पत्र लेख्न धेरै मन थियो तर तिमीलाई धेरै चोट पिर पर्ने खालका शब्दहरु यस पत्रमा उल्लेख गर्न चाहान्न किनकि तिमी मेरो मुटुको ढुकढुकी भई धडकिरहने मुटुको टुक्रा थियौ। P हुन तिमीलाई यस्ता शब्दहरुले कुनै प्रभाब पार्देन होला सायद! किनभने तिमी नयाँ संसारमा रमाईरहेकी छौ, नयाँ प्रेमको परामर्शले साथ दिइसकेको तिमीलाई होइन .....आफुलाई त्यै रातभरि फोनबाट बोलेका याद सम्झनाहरु, तिम्रा ती सुमधुर आवाजहरु अनि तिम्रा मिठा मुस्कानका लहरहरु अझै आलै भएर मेरो कानमा गुन्जिने गर्छ साथै धारिलो काँडाहरुले मुटुमा च्वास्स-च्वास्स घोचेको महसुस हुन्छ यत्तिकैमा सावण भदौको मुसलधारे बर्षा बर्सेझै मेरो आँखामा आँशु या बिष्णुमतिका धाराहरु बगिरहन्छ सायद मेरो कर्ममा नै यस्तै लेखिएको होला। बिगतका दिनहरुमा तिमीसँग बोल्दा यसरी नै खुशी, हाँसो मिलनले चुमिरहनेछ जस्तो लाग्थ्यो तर जीबन समय कहाँ एकै रुपमा चलिरहदो रहेछ .... आँशु-हाँसो, मिलन-बिछोड हाम्रो जीन्दगीको संगम सम्मिश्रण रहेछ। सधै दुखलाई त्याग गर्न खोज्थे तर दुख आँशु नै मेरो साथ रहेछ जसलाई छोडन सक्छु त्याग गर्न नै। बस मेरो मुटुमा बिषालु सर्पझै तिम्रो याद मायाले डसिरहेको अनि आगोको ज्वाला सरि यो मन जलिरहेछ। जे होस मैले जस्तोसुकै दुख,कष्ट, पिर-चिन्ताको सामना गर्नु परेतापनि तिमी सधै हाँसेर बाच्नु, तिम्रो मुहार आँशुले हैन हरपल हरक्षण सुख, हाँसो खुसीले छाओस, तिम्रो प्रत्येक पाईला-पाईलामा सफलताले चुमोस तिमि जे जस्तो ठाँउमा रहेतापनि सुखी दामपत्य जीबनको शुभकामना भन्दै तिमीबाट सधैका लागि ओझेल हुन्छु

उही तिम्रो हुन नसकेको,

भाग्यले ठगिएको,

कर्मले हारिएको,

संगम असफल (सुनसरी कोशी नेपाल)

हाल दोहा कतारमा कार्यरत

Email: sangamdarnal@yahoo.com

1 comment:

Unknown said...

kallpanik kuro lekni ho..?? yesari temi lay doka usslai deyou yesto nernaya garnu sakdai na ho saha maya garni lay!! temi lay dodhari kuro gareyou hola tehe vayera uni lay bato tatayen ...